हसन्दहमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु - Pahilo Online

हसन्दहमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते भएकी पथरीशनिश्चरे–५ जयनगरकी ६३ वर्षीया कर्णमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।

६४ वर्षीय श्रीमान हर्कजंग लिम्बूले कुटपिट गर्दा कर्णमाया घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए।

कर्णमायाको उपचारका क्रममा सोमबार राति १० बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes