पथरीशनिश्चरेमा आँखा पाक्ने र डेंगुु नियन्त्रणको प्रयास - Pahilo Online

पथरीशनिश्चरेमा आँखा पाक्ने र डेंगुु नियन्त्रणको प्रयास

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिकामा आँखा पाक्ने र डेंगु नियन्त्रण गर्नका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
मंगलबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको नेतृत्वमा उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रसासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्यकर्मीहरु, प्रहरी, जनप्रतिनिधि तथा सरोकरवालाहरुको उपस्थितिमा छलफल भएको हो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहेताले डेंगु र आँखा पाक्ने रोग के हो ? र यसका लक्षण र बाच्ने उपाय बारे बताउनुभयो भने फोकल पर्सन उत्सव पोखरेलले रोगको विषयमा सहजीकरण गर्नुभएको थियो ।
डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे वास स्थान खोजी लार्भा नष्ट गर्ने अभियान तिब्र रुपमा संचालन भइरहेको र आँखा पाक्ने रोग नियन्त्रणका लागि शिविर संचालन गर्ने पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes