आठ वर्ष अघिको तस्बिरलाई लिएर अफवाह फैलाएको प्रति वर्षमानको आपत्ति - Pahilo Online

आठ वर्ष अघिको तस्बिरलाई लिएर अफवाह फैलाएको प्रति वर्षमानको आपत्ति

writer

पहिलो अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्बिरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको बताए । उनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।

उनले सुन प्रकरणमा आफु सहभागी भएजस्तो गरी प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानविनका लागि आफू तयार रहेको बताए । सुन प्रकरणलगायत कुनै पनि प्रकरणमा दोषीदेखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनले बताए ।

उनले पदाधिकारी बैठकमा पनि आफूले छानविन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए । फरक प्रसंगमा पुनले माओवादी नेताहरू एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes