माओवादीले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने - Pahilo Online

माओवादीले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने

writer

पहिलो अनलाइन

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले जानकारी दिए ।

यसअघि साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । माओवादी सचिव शर्माले पार्टी लोकतान्त्रिक पद्धतिअनुसार चलाइनेसमेत बताए ।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने सचिव शर्माले बताए । उनले भने, ‘पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग हो । पहिले समूहमा छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइनेछ ।’

त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताए । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि उनले बताए ।

यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने माओवादीको केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ । माओवादी केन्द्रीय समितिको बैठक यही साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बस्दैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes