ग्रामथानमा शिक्षामा नितिगत व्यवस्था सम्बन्धी अन्तरक्रिया - Pahilo Online

ग्रामथानमा शिक्षामा नितिगत व्यवस्था सम्बन्धी अन्तरक्रिया

writer

बाबुराम मुडियारी

ग्रामथान/ ग्रामथान गाउँपालिकामा नेपाल कानून समाज, नागरिक संबाद केन्द्र तथा शिक्षा शाखा ग्रामथान गाउँपालिकाकाे समन्वयमा १ दिने शिक्षा सम्बन्धि नीतिगत व्यवस्था विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

सो अन्तरक्रियामा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका शिक्षा युवा तथा खेलकुद माहाशाखाका प्रमुख उपसचिव श्री फणीन्द्र कुमार खत्री, विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय ईकाई माेरङका प्रमुख उपसचिव श्री टंक प्रसाद गाैतम, सामाजिक विकास मन्त्रालयका अधिकृतज्युहरु, नेपाल कानुन समाजका प्रमुख एवम् पदाधिकारीज्युहरु, गाउँपालिकाका वडाध्यक्षज्यूहरु, गाउँ शिक्षा समितिका पदाधिकारीहरु, सामाजिक विकास समितिका पदाधिकारीहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकज्युहरु,

वि.व्य.समितिका अध्यक्षज्युहरु कर्मचारी तथा विभिन्न पार्टीका प्रतिनिधि हरुकाे उपस्थितमा शिक्षा सम्बन्धि नीतिगत ब्यवस्थाका विषयमा संघ प्रदेश र स्थानीय तहले समेट्नुपर्ने विषयहरुमा सुझाव तथा समस्याहरुकाे कानूनि सम्बाेधन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रिया काय॔क्रम ग्रामथान गाउँ पालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारूको अध्यक्षतामा सम्पन्न गरिएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes