झोराहाटमा स्त्री रोग सम्बन्धी १ दिने स्वास्थ्य शिविर  - Pahilo Online

झोराहाटमा स्त्री रोग सम्बन्धी १ दिने स्वास्थ्य शिविर 

writer

बाबुराम मुडियारी

ग्रामथान/ विश्व नि :सन्तान दिवस को अवसरमा स्थानिय समाजिक क्षेत्रमा सहयोगी संस्था रेमिट सहकारी संस्था लिमिटेड झोराहाट तथा श्री सरस्वती नमुना मा.वि .झोराहाटको संयुक्त व्यवस्थापनमा १ दिने सचेतनात्मक कार्यक्रम तथा स्त्रीरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर नोबेल मेडिकल कलेज विराटनगरको आयोजनामा सम्पन्न भएको छ।

सो शिविरमा स्त्री रोग तथा नि:सन्तान सम्बन्धी ५० जना ले जाँच गराएका थिए। स्वास्थ्य शिविरमा आयोजक नोबेल मेडिकल कलेज विराटनगर का स्वास्थ्यकर्मी हरू को टिम ले शिविरमा स्त्री रोग तथा नि:सन्तान का समस्या भएका महिला हरू लाई स्वास्थ्य परिक्षण गरेका थिए। रेमिट सहकारी संस्था लिमिटेड ले समय समयमा स्वास्थ्य शिविर ,सडक पेटीमा वृक्षारोपण,विधालयहरूमा शैक्षिक समाग्री हरू वितरण, समुदायमा महामारी तथा प्रकोपको बेला स्वास्थ समाग्री वितरण, लगाएत गदै समाजिक सेवाका काय॔ गदै आएको छ।

रेमिट सहकारी संस्था ले सहकारी का माध्यमबाट व्यक्ति मा बचत गर्नका लागि दैनिक बचत , बाल बचत लगाएत विभिन्न बचतका काय॔क्रम संञ्चालनमा ल्याएको छ। सहकारीले हालै बालबालिका लागि बाल बचत सगै बालबालिका लक्षित बचत का लागि खुत्रुके बचत का काय॔क्रम संञ्चालनमा ल्याएको छ। यस बचत बाट बालबालिका मा बचत गर्ने बानीको विकास तथा बालबालिकाको पठाई लेखाई लगाएत मा बचतले पछि सहयोग पुग्ने छ भन्ने सहकारी ले जनाएकोछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes