हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न - Pahilo Online

हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न

writer

पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो ।

आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८ सय ८८ रूपैयाँ, प्रसासनिक खर्च ४ लाख ६० हजार ८ सय ४३ रूपैयाँ रहेको प्रस्तुत गर्नुका साथै भावी योजना तथा रणनीतिहरूको बारे कम्पनीका अध्यक्ष अशोक कुमार राईले प्रकाश पार्नुभएको थियो ।

सो कार्यक्रममा सम्पूर्ण उपभोक्ताहरूसँग राय सुझाब, सल्लाह लिइएको थियो । हरियाली पब्लिक कम्पनीको सभाहलमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे २ का वडाध्यक्ष नैना राई, बिशिष्ट अतिथि हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर (विकास), कम्पनीका संस्थापक अध्यक्ष देवीप्रसाद भेटवाल, अतिथिहरू वनका उपाध्यक्ष केशवप्रसाद दाहाल, वनका सचिव निर्मला चौहान, वनका सह–सचिव सुमित्रा थाम्देन, वनका कोषाध्यक्ष दिलबहादुर तामाङ, नगर शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा, २ नम्बर वडाका पूर्व वडा सदस्य अग्निप्रसाद गुरुङ, ७ नम्बर वडाका पूर्व सदस्य काशीहाङ राईले कम्पनीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । कम्पनीका सदस्य गणेश बाछानाले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष अशोककुमार राई रहनुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes