माओवादी केन्द्रद्वारा फलफुल तथा जडिवुटीका विरुवा वितरण - Pahilo Online

माओवादी केन्द्रद्वारा फलफुल तथा जडिवुटीका विरुवा वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे ४ नं. वडा कमिटिले विभिन्न प्रजातिका फलफुल तथा जडिवुटीका विरुवा वितरण गरेको छ । माओवादी पार्टीले आज शुक्रबार सम्झना चोकमा एक कार्यक्रमकाबीच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो ।
जिल्लाका सव–डिभिजन वन कार्यालय कानेपोखरी, लेटाङ र मंगलबारेबाट अनुदान प्राप्त कागती, अम्बा, अनार, मेवा, चिउरी, लप्सी, रक्तचन्दन, अमला, हर्रो, बर्रोलगायत विरुवा १ हजार ३ सय घर परिवारलाई वितरण गरेको हो ।


विरुवा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङले खाली जमिनको सही सदुपयोग गर्न सके फलफुलबाट पनि राम्रो आम्दानी लिन सकिने बताए । उनले प्राप्त विरुवाको उपयुक्त हेरचाह गरी फलाएर आम्दानी लिन सके मात्र उद्देश्य प्राप्ति हुने बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपानेले फलफुलका विरुवा वितरण गरेर स्थानीयहरुको आयआर्जन बढाउन र वडावासीलाई स्वस्थ राख्न समेत सहयोग गरेकोमा माओवादी पार्टीलाई धन्यवाद दिए । वडाध्यक्ष न्यौपानेले वन कार्यालय मार्फत प्राप्त भएका विरुवाहरुको उचित संरक्षण गरि उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बालकुमार मगरले फलफुल, जडिवुटी र घाँस प्रजातिका विरुवा आफुहरुसँग पनि रहेकोले आवश्यक परेमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


कार्यक्रममा स्वागत गर्दै वडा पार्टी इञ्चार्ज ध्रुबकुमार बराईलीले पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ लाई फलफुलको बगैँचाको स्वरुप दिने अभियान स्वरुप विरुवा वितरण गरिएको जानकारी दिए । असार १४ गते राष्ट्रिय वृक्षरोपण दिवस भएपनि त्यसैको अवसर पारेर अभियान सुरु गरिएको उनको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष एवं वडा पार्टी अध्यक्ष अम्बरबहादुर बराईलीले टोलभित्र आवश्यक पर्ने विरुवाको घरदैलोमै पुगेर लिएको विवरण अनुसार वितरण गरेको बताए । ‘फलफुलका विरुवा रोप्न सबैले चासो दिएका छन, उनले भने,‘केही वर्षमै चार नम्बर वडा हरित हुनेछ ।’ उनका अनुसार टोलबासीले चाहाना गरेका फलफुलका विरुवा सकेसम्म उपलब्ध गराइएको छ । विकास निर्माणका काम संगै वडालाई सुन्दर बनाउने अभियानलाई पनि निरन्तरता दिएको उनको भनाई छ ।


नेकपा माओवादी केन्द्र वडा पार्टी सचिव विक्रम कुलुङ राईले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङ उपाध्यक्ष मदन पोखरेल, वडा सदस्य मिना विश्वकर्मा, माओवादी केन्द्र नगर सचिव मान दियाली, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश सदस्य शिवप्रसाद तिम्सिना, मानबहादुर पौडेलीलगायतको उपस्थिति रहेको थियो ।
विभिन्न स्थानीय तहहरुले चालु आर्थिक वर्षलाई फलफुल दशकको सुभारम्भका रुपमा अभियान सञ्चालन गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes