करोडौंको बजेट आउँदा पनि अझै बनेन भलुवा सिमसार - Pahilo Online

करोडौंको बजेट आउँदा पनि अझै बनेन भलुवा सिमसार

writer

दिपेश रोक्का

कानेपोखरी । मोरङ कानेपोखरी–७ मा रहेको भलुवा सिमसारको काम अलपत्र परेको छ । सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म सम्पन्न्न भएको छैन ।

भलुवा सिमसारलाई पूर्वकै नमुना पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ निर्माण कार्य सुरु भएको थियो । कानेपोखरी गाउँपालिका तत्कालिन अध्यक्ष ताराबहादुर काफ्लेले भलुवा सिमसारको शिलान्यास गरेका थिए ।

भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयाँ स्काई एस मुटुयल जेबिले ठेक्का लिएको थियो । अहिलेसम्म आधा काम मात्र सम्पन्न भएको छ । ठेकेदार कम्पनीले दुई वर्ष भित्र काम सम्पन्न हुने गरि सम्झौता गरेको वडा नं. ७ का वडा अध्यक्ष मोहनप्रसाद अधिकारीले बताएका थिए । करिब दुई बर्ष बितिसक्न लाग्दा पनि भलुवा सिमसारको काम आधा पनि सम्पन्न भएको छैन ।

कानेपोखरी गाउँलालिका वर्तमान अध्यक्ष राजमती इङ्नामले वनक्षेत्र भित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएको कारण काम रोकिएको बताइन् । वनले कार्ययोजना बनाएपछी काम फेरि छिटै सुरु हुने उनको भनाई छ ।

कानेपोखरी गाउँपालिकाले यस बर्ष भलुवा सिमसारको लागि संघीय सरकारबाट बजेट आउने भएको कारण सिमसारको लागि बजेट नछुटाएको अध्यक्ष इङ्नामले बताइन् । त्यस्तै पोखरीको खाल्डो सफा गर्ने काम भएको, कल्भर्ट निर्माण भएको, रमाइलो जाने पैनीमा ड्रेन निर्माण भएको वडा नं ७ का वडा अध्यक्ष मोहन अधिकारिले बताए । भलुवा सिमसारको काम ४० प्रतिशत मात्र भएको बताए ।

पूर्व मन्त्री भानुभक्त ढकालले भलुवा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ५ करोड बजेट बिनियोजन गरेका थिए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यहोर्ने गरी रकम बिनियोजन गरिएको थियो ।

पूर्व पश्चिम राजमार्ग कानेपोखरी चोकदेखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ ।

आगन्तुकका लागि सानो चिडियाखाना, ट्री हाउस, वनभोज खाने कटेज, स्वागत गेट, कल्भर्ट, विश्रामालय, पाले बस्ने घर, शौचालय, पोखरी विस्तार तथा सफा गर्ने, पोखरीको विचमा पुल निर्माण, सभाहल सहितको पाहुना बस्ने घर जस्ता संरचना निर्माण हुने भनिएको थियो । अहिलेसम्म ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

सिमसार संरक्षण र सम्वद्र्धनको लागी लाखौ बजेट निकासा भएपनि यस्को उन्नती र सोचेअनुरुप काम नभएको स्थानीयको भनाइ रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes