तलब नपाएपछि ग्रामथानका स्वास्थ्यकर्मीहरूद्वारा सेवा बन्द गर्ने चेतावनी - Pahilo Online

तलब नपाएपछि ग्रामथानका स्वास्थ्यकर्मीहरूद्वारा सेवा बन्द गर्ने चेतावनी

writer

बाबुराम मुडियारी

ग्रामथान / ग्रामथान गाउँ पालिकामा कार्यरत स्वास्थ्यकर्मी हरूले ५ महिना देखि तलब भत्ता नपाएको भन्दै अषाढ १८ गते बाट स्वास्थ्य संस्था हरूबाट प्रदान गरिने स्वास्थ्य सेवा बन्द गर्ने भएको छ।

गाउँ पालिका प्राङ्गण बाट नै आवश्यक स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्यकर्मी हरूले धर्ना कार्यक्रम रहेको स्वास्थ्यकर्मी हरूले बताए । स्वास्थ्यकर्मी हरू ६७ जना कार्यरत रहेकोमा कुल तलब भत्ता १करोड ९६ लाख हुन्छ । हाल तलब भत्ता निकासाका लागि ४३ लाख मात्र अपुग रकम पठाएकोले स्वास्थ्यकर्मीहरू थप आन्दोलीत भएको हो।

पालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र,५ प्राथमिकता स्वास्थ्य केन्द्र ,१स्वास्थ्य चौकी रहेको छ। तलब भत्ता निकासका लागि पटक पटक पालिका,स्वास्थ्य मन्त्रालय,अर्थ मन्त्रालय,संधिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,जिल्ला प्रशासन कार्यालय मोरङमा तलब भत्ता निकासा का लागि ध्यानाकर्षण गराएको स्वास्थ्यकर्मी हरू बताउँछन् ।

पालिकामा स्वास्थ्य सेवा संञ्चालन बन्द बाट सेवाग्रहीमा पर्ने असर तथा असहज परिस्थितिको जिम्मेवार स्वयम सम्बन्धी निकाय नै हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।स्वास्थ्यकर्मी हरूको माग पुरा सरोकारवला निकायले नगरेकोले सेवा बन्द गरेका छौ।

सेवा बन्द गर्ने जानकारी सम्बन्धी निकायलाई गराई बोधार्थ पठाएको जानकारी स्वास्थ्यकर्मी हरूले गराए। स्वास्थ्य क्षेत्र सुधार तथा स्वास्थ्यकर्मी हरूको हकहित समिती ग्रामथान मोरङले स्वास्थ्यकर्मी हरूको तलब भत्ता निकासाका लागि लामो समय देखि पहल ,ध्यानाकर्षण लगाएत गर्दै आएको छ। पालिकाले कार्यपालिका बैठकमा स्वास्थ्यकर्मीहरूको अपुग तलब भत्ता को लागि छलफल गरी सरोकार निकायका मन्त्रालय मा पहल गर्ने आस्वासन पालिका का अध्यक्ष जय प्रकाश गच्छदार,प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार साह, लेखा अधिकृत निलेश सापकोटा ले बताएको स्वास्थ्यकर्मी हरू बताउँछन् ।

स्वास्थ्यकर्मी हरूको तलब भत्ता निकासाका लागि स्थानीय सरकार, सरोकारवाला निकाय हरू स्वास्थ्यकर्मी हरूको माग लाई पुरा गर्नेमा ध्यान जानुपर्ने देखिन्छ । स्वास्थ्य सेवा संञ्चालन गरी नागरिकले स्वास्थ्य उपचार बाट बञ्चीत भई स्वास्थ्य सेवा लिने सेवाग्राहीले सेवा लिने वातावरण बनाऊन आवश्यक देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes