ग्रामथानका स्वास्थ्यकर्मीहरू ५ महिना देखि तलब नपाएपछि जिल्ला प्रशासन कार्यालयमा - Pahilo Online

ग्रामथानका स्वास्थ्यकर्मीहरू ५ महिना देखि तलब नपाएपछि जिल्ला प्रशासन कार्यालयमा

writer

बाबुराम मुडियारी

ग्रामथान/ ग्रामथान गाउँ पालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरू मा कार्यरत स्वास्थ्यकर्मी हरूले २०७९ फाल्गुण महिना देखि हालसम्म ५ महिनाको तलब तथा पोसाक भत्ता समेत नपाएको भन्दै स्वास्थ्यकर्मी हरूले जिल्ला प्रशासन कार्यालय मोरङ का साहयक प्रमुख जिल्ला अधिकारी प्रदिप साहलाई ज्ञापनपत्र बुझाएका छन् ।

सो ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालय मोरङ माफर्त तलब भत्ता निकासा का लागी अर्थ मन्त्रालय लगाएत सम्बन्धित निकायहरूमा तलब भत्ता का लागी स्वास्थ्यकर्मी हरूले अनुरोध गरेका छन् । स्वास्थ्यकर्मी हरूले तलब भत्ता ५ महिना देखि नपाएपछि समय समयमा पटक पटक पालिका मार्फत स्वास्थ्य मन्त्रालय,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,अर्थ मन्त्रालयमा लिखित तथा मौखिक रूपमा तलब भत्ता निकासाका लागी अनुरोध गरेका थिए। पालिका मा कार्यरत स्वास्थ्यकर्मी हरू ६७ जनाको तलब भत्ता १ करोड ९६ लाख हुन्छ तर हाल आएर रकम अपुग रहेको कारण ४३लाख मात्र स्वास्थ्यकर्मी हरूको तलब भत्ता निकासा का लागि पठाएको छ ।

अपुग तलब भत्ता ले कसरी हामी तलब खाने अन्योल खडा गरेको स्वास्थ्यकर्मी हरू बताउँछन् । ५ महिना देखि हामी स्वास्थ्यकर्मीहरूले तलब नपाए पनि कार्य गदै आएका थियौ तर हामी स्वास्थ्यकर्मी हरूलाई पनि घर चलाऊन, परिवारीक आर्थिक भार ,कार्यरत सेवा केन्द्र पुग्न इन्धन , दैनिक उपभोग्य सामग्री खरिद गर्न, लगाएत आर्थिक समस्या ले गर्दा स्वास्थ्य संस्था मा स्वास्थ सेवा प्रदान गर्न नसक्ने भएका छौ स्वास्थ्यकर्मी हरू बताउँछन् । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी हरूको तलब भत्ता निकासा को माग लाई ३ दिन भित्र संबोधन नगरे सम्पूर्ण स्वास्थ्यकर्मी हरूले बाध्य भएर स्वास्थ्य संस्था र विरामी लाई प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गर्ने पनि स्वास्थ्यकर्मी हरूले बताएका छन् ।

स्वास्थ्यकर्मी हरूको माग लाई बेवस्था गरे स्वास्थ्य संस्था र स्वास्थ्य संस्था हरूबाट प्रदान गरिने सेवा बन्द गर्ने र सेवा बन्द बाट असहज परिस्थिति को जिम्मा स्वयम पालिका तथा सम्बन्धित मन्त्रालय जिम्मेबार हुने स्वास्थ्यकर्मी हरूले बताए ।पालिकामा ४२जना सुरूको समायोजन दरबन्दी,७ जना फुल दरबन्दी, १८जना करार तथा अन्य दरबन्दी गरी ६७ जना कुल दरबन्दी रहेको छ। ५ स्वास्थ्य चौकी, १ प्राथमिक स्वास्थ्य केन्द्र,१ आधारभूत स्वास्थ्य केन्द्र रहेको छ।ज्ञापनपत्रमा स्वास्थ्यकर्मी हरूको ५०जना को हस्ताक्षर सहित ग्रामथान गाउँ पालिका का स्वास्थ्य शाखा प्रमुख राज कुमार झा सहित ५० जना स्वास्थ्यकर्मी हरू ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ मा उपस्थित भएका थिए। स्वास्थ्यकर्मी हरूको ५ महिना सम्म को तलब ,भत्ता निकासा गरी स्वास्थ्यकर्मी हरूको माग लाई संबोधन गरी सरोकारवालाहरूले स्वास्थ्यकर्मी हरूको समस्या सामाधान गनुपर्ने आवश्यक देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes