संगीत बजारमा उदाउँदै विनय कार्की एण्ड मुकुट व्याण्ड - Pahilo Online

संगीत बजारमा उदाउँदै विनय कार्की एण्ड मुकुट व्याण्ड

writer

समिर वि.क.

विगत चौध वर्षदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका विनय कार्की भ्वाइस अफ नेपाल सिजन टु बाट चर्चाको शिखरमा रहे ।
हेटौंडामा जन्मिएका विनय काठमाडौंलाई कर्मथलो बनाएर निरन्तर संगीत सिर्जनामा लागिपरेका छन् । विनयले गाएका ‘मायामा, हल्लेलुया आमिन, गाउनेछु नाच्ने छु, कभर गीतहरु म त अब रिसाउँछु साथै आज तिम्रो कुरा चल्यो लगायत धेरै गीत चर्चित रहेका छन् ।

तीन चार वर्ष भयो मुकुट व्याण्डमा आबद्ध भएको । विनय कार्की एण्ड मुकुट व्याण्डले धेरै स्थानहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेको छ । गीत गाउन, संगीत भर्न र गीत एरेञ्ज गर्नमा सक्रिय उनी यी सबै विधा गाह्रो भएको बताउँछन् ।

विशेष गरी गीत गाउन चाहीं उनलाई मन पर्छ रे । जसरी एकल गायन प्रस्तुत गर्दा दर्शक श्रोताको माया पाएका थिए, मुकुट व्याण्ड संगको सांगीतिक सहकार्य पनि दर्शक श्रोताले मन पराउनेमा ढुक्क छन् ।

विनय कार्की एण्ड मुकुट व्याण्डले हालैमात्र दुईवटा पप गीत रेकर्ड गरिसकेको छ । कोसिस शीर्षक रहेको टाइटल गीतको भिडियो बनाई सकेर रिलिज गर्ने अन्तिम तयारीमा जुटेको छ ।

मुकुट व्याण्डको सदस्यहरुमा भोकल÷रिदम गिटारिस्ट विनय कार्की रहेका छन् । त्यसैगरी, गिटारिस्ट श्याम श्रेष्ठ र ड्रमर राहुल राई हुन् । यस व्याण्डमा प्रोडक्सन म्यानेजर सञ्जय राई रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes