पूर्व शिक्षक भद्रमानको ‘निःशुल्क होम ट्युसन’ अभियान - Pahilo Online

पूर्व शिक्षक भद्रमानको ‘निःशुल्क होम ट्युसन’ अभियान

writer

मोहन भट्टराई

शनिश्चरे । मोरङ पथरीशनिश्चरेका एक समाजसेवीले विगत ४ महिनादेखि दलित बालबालिकालाई निःशुल्क ट्युसन कक्षा चलाउँदै आएका छन् ।
पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ निवासी पूर्व शिक्षक, समाजसेवी भद्रमान विश्वकर्माले वडा नं. ४ शंकरे टोलमा दलित तथा विपन्न बालबालिकाहरूलाई निःशुल्क अध्यापन गराउँदै आएका हुन् । उनले महारानी ट्युसन सेन्टर स्थापना गरेर सामुदायिक विद्यालयमा अध्ययनरत दलित एवं विपन्न बालबालिकाहरुलाई पढाइरहेका छन् ।

‘ट्युसन सञ्चालन गर्नु अघि बच्चाहरू छरिएका थिए’– विश्वकर्माले भने ‘निःशुल्क ट्युसन सञ्चालनमा आएपछि बच्चाहरू पढ्न सुरु गरेका छन् ।’ निःशुल्क ट्युसन सेन्टर सञ्चालन गर्नुको उद्देश्य बच्चाहरुलाई सानैदेखि कुलतबाट टाढा राखी पढाईप्रति आकर्षित गर्नु रहेको उनले बताए । अहिले चौतर्पीरुपमा लागुऔषध सामाजिक समस्याको रुपमा विकसित भइरहेकोले यसको न्यूनिकरण अनिवार्य रहेको विश्वकर्माले बताए ।
पथरीशनिश्चरे नगरको पूर्व जनप्रतिनिधि समेत रहेका विश्वकर्माले ट्युसन सेन्टर दीर्घकालिन रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ स्थानीय सलबहादुर विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति समेत गठन गरेका छन् ।

विश्वकर्मा भागिरथ माविको अवकासप्राप्त शिक्षक एवं पूर्व जनप्रतिनिधि समेत हुन् ।

सामुदायिक विद्यालयदेखि निजी बोर्डिङका शिक्षकले महँगो शुल्क लिएर ट्युसन पढाइरहँदा पूर्व शिक्षक विश्वकर्माको काम उत्कृष्ट र उदाहरणीय रहेको महारानी ट्युसन सेन्टर व्यवस्थापन समिति अध्यक्ष सलबहादुर विकले बताए । ‘यो कामले हामी अभिभावक र विद्यार्थी सन्तुष्ट छन् । एकदमै राम्रो काम हो,’ उनले भने ।

स्थापनाकालमा पूर्व शिक्षक भद्रमानले अध्यापन गराउँदै आएपनि हाल ट्युसन सेन्टरमा थप चार जना युवतीहरु नियुक्त गरी कक्षा १ देखि ७ सम्म अध्यापन भइरहेको छ । जसमा स्मृति पोर्तेल, हर्क पोर्तेल, सिर्जना राई र सरिता पोर्तेल रहेका छन् ।

अहिले निःशुल्क ट्युसन कक्षामा डेढ दर्जन दलित एवं विपन्न बालबालिकाहरु अध्ययनरत छन् । उक्त ट्युसन सेन्टर भागिरथ माविको खाली जग्गामा सञ्चालित भागिरथ तरकारी उत्पादक किसान समूहले तरकारी संकलन केन्द्रका रुपमा निर्माण गरेको टहरोमा सञ्चालन भइरहेको छ ।
ट्युसन सेन्टरलाई सहयोग
दुव्र्यसन मुक्त समाज बनाउने उद्देश्यका साथ दलित तथा विपन्न बालबालिकाहरुलाई निःशुल्क पढाइरहेको देखेपछि स्थानीय संघसंस्था र व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ ।

यसैक्रममा, महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले बच्चाहरुलाई अध्ययन गर्न सहजताका लागि फर्निचर सहयोग गरेको छ । वन समूहले ५० हजार रुपैयाँ बराबरका ५ सेट डेक्कबेञ्च उपलब्ध गराएको ट्युसन सेन्टर संचालक समितिका उपाध्यक्ष भक्तबहादुर शंकरले जानकारी दिए ।

यस्तै, सेभ द स्कुल युकेका अध्यक्ष विनोद न्यौपानेले ८ हजार रुपैयाँ बराबरका स्टेशनरी सामग्री प्रदान गरेका छन् ।
ट्युसन सेन्टरलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । सामाजिक सञ्जालबाट गाउँमा असल कामको थालनी गरेको थाहा पाएपछि हङकङबाट चन्द्रकुमार हाङस्रोङ र सन्त कुरुङवाङले स्टिलको बक्स टेबल उपलब्ध गराएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes