विविध कार्यक्रम गरी विराटनगरमा अन्तराष्ट्रिय योग दिवस मनाइयो - Pahilo Online

विविध कार्यक्रम गरी विराटनगरमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

writer

बाबुराम मुडियारी

विराटनगर/ विराटनगरमा ९औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा स्वास्थ जीवनका लागी आयुर्वेद र योग को महत्व भन्ने मूल नाराका साथ विभिन्न काय॔क्रमहरूको आयोजना गरी बुधवार सम्पन्न भएको थियो। सो योग दिवसको अवसरमा योग शिविर,प्रभात फेरी,वक्तृत्वकला संञ्चालन गरिएको थियो। योग शिविरमा ३सयको सहभागीता थियो।

वक्तृवकला प्रतियोगितामा योग र आयुर्वेद को महत्व बारे बिषयमा श्री पोखरीया मावि विराटनगर का कक्षा ८,९,१० मा अध्यनरत छात्र छात्रा हरू २०जना को सहभागीतामा वक्तृवकला प्रतियोगिता संञ्चालन गरिएको थियो।

वक्तृवकला प्रतियोगिता मा प्रथम तेजस्वी दाहाल, द्धितृय रागिनी न्यौपाने, तृर्तीय उज्वल ओझा भएका थिए। सो अवसरमा प्रभात फेरी विरानगरको परोपकार सामुदायिक भवन देखी तिनपैनी चौक हुदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको काय॔लय सम्म गरीएको थियो।सो काय॔क्रम मा प्रमुख अथिति स्वास्थ्य मन्त्री तिल कुमार मेवाङगो , विशिष्ट अथिति मोरङका साहयक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल,कोशी प्रदेश स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख सुरेश मेहता लगाएत को आथित्यतामा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा.केनिन राईको सभापतित्वमा संञ्चालन गरी सम्पन्न गरिएको थियो।

योग दिवस काय॔क्रम मा व्यक्ति, संघ संस्था हरूको प्रतिनिधि हरूको सहभागिता रहेको थियो।काय॔क्रम का अतिथि तथा सहभागीहरूले योग र आयुर्वेद को जीवनमा महत्व रहेकोले योग अभ्यास र आयुर्वेद चिकित्सा पद्वति लाई आत्मसात गरी स्वास्थ्य जीवनयापन गर्न महत्व रहेको कुरामा जोड दिएका थिए। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ,जीवन विज्ञान तथा पतंजली योग समिति मोरङको संयूक्त आयोजना काय॔क्रम गरिएको थियो। योग अभ्यास र आयुर्वेद चिकित्सा पद्वतिमा जन विश्वास बढेको पाईन्छ ।

समय समयमा विभिन्न संघ संस्थाहरूले योग अभ्यास र आयुर्वेद चिकित्सा पद्वति को स्वास्थ्य शिविरहरू संञ्चालन गदै आएको छ। सरकाले पनि आयुर्वेद चिकित्सा पद्वति द्वारा उपचार आयुर्वेद स्वास्थ्य केन्द्र हरूको नाममा नि:शुल्क तथा सहुलियत दरमा स: शुल्क संञ्चालनमा ल्याएको छ। आयुर्वेद चिकित्सा पद्वति बाट उपचार गराऊनेको संख्या बढेको तथ्याङ्क हरूमा देखिन्छ । यस योग अभ्यास र आयुर्वेद चिकित्सा पद्वति को उपचार सेवा समुदाय सम्म विस्तार गर्ने तिर सरकारको ध्यान जान जरूरी देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes