ग्रामथानमा विपद् र जलवायू न्यूनिकरणका लागि १ दिने काय॔शाला - Pahilo Online

ग्रामथानमा विपद् र जलवायू न्यूनिकरणका लागि १ दिने काय॔शाला

writer

बाबुराम मुडियारी

ग्रामथान/ ग्रामथान गाउँ पालिकाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन तथा जलवायू उत्थानशिल योजना तर्जुमा १ दिने काय॔शाला आयोजना गरी सम्पन्न भएको छ।

ग्रामथान गाउँ पालिका तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुत्त आयोजनामा संञ्चालन गरिएको थियो। सो काय॔शाला मा ग्रामथान गाउँ पालिका को विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन तथा जलवायू उत्थानशिल काय॔क्रम संञ्चालनका लागि काय॔ योजना,काय॔क्रम संञ्चालन गरिने कृयाकलाप हरू,जोखिम न्यूनिकरण का लागि काय॔क्रम को योजना,रणनीति,लगाएत बिषयमा सहभागी हरूको समुह हरू बनाई काय॔ योजना प्रस्तुतीकरण गरेका थिए।

काय॔शाला मा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान का अधिकृत दिपक थापा ,विपद् विद भूपमणि दहाल ले जेष्ठ २९ गते देखि पालिका का वडा, टोल,समुदायको स्थलगत प्राप्त सर्वेक्षण र टिपोर्ट तथ्याङ्क प्रस्तुत गरेका थिए। ग्रामथान मा बाढी, सडक दुर्घटना, शितलहर, हावाहुरी, खडेरी, महामारी, चट्याङ, आगलागी, सप॔दंश, लु जस्ता जोखिम रहेको तथ्याङ्क संकलन र स्थलगत तथ्याङ्क सर्वेक्षण प्रतिवेदन मा देखिएको छ। विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन र जलवायू परिवर्तन न्यूनिकरण का कृयाकलाप स्थानिय सरकार र प्रदेश तथा संघिय सरकाले संञ्चालन गर्नुपर्ने देखिन्छ ।

काय॔शाला मा प्रदेश संसद जय प्रकाश चौधरी,ललिता चौधरी ,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशन कानुन लाल चौधरी ले सफलताको शुभकामना दिएका थिए।गाउँ पालिका का अध्यक्ष जय प्रकाश गच्छदार,उपाध्यक्ष गुणावति देवी थारू ,प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार साह लगाएत गा.पा .का कर्मचारी,शिक्षक,जनप्रतिनिधि,संघसस्था का प्रतिनिधि,बाल क्लबका प्रतिनिधि,समाजसेवी लगाएतको काय॔शालामा सक्रिय सहभागिता रहेको थियो।

सहभागी सरोकारवालाहरूले विपद् जोखिम न्यूनिकरण तथा जलवायू परिवर्तन न्यूनिकरण का काय॔क्रम हरू स्थानीय सरकार, प्रदेश तथा संधिय सरकाले संञ्चालन गनुपर्ने मा जोड दिएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes