साउन १ गते देखि सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरण गर्न नपाईने - Pahilo Online

साउन १ गते देखि सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरण गर्न नपाईने

writer

बाबुराम मुडियारी

विराटनगर / विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने धुम्रपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा सम्बन्धित सरोकारवाला सँग को अन्तरक्रिया काय॔क्रमका सहभागी सरोकारवालाहरूले बुधवार विराटनगरमा बताएको छ । साउन १ गते देखि बाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा निरौला कार्कीले बताएकी हुन् ।

१ वैशाखमा महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो । सोही अनुसार महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको आएको थियो । पछिल्लो समय कार्यन्वयन प्रभावकारी नदेखिएको बताउँदै उनले साउन १ गतेबाट कडाइको साथ सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नदिने बताइन् ।

हेल्थ आवज, आउटरिच मिडिया प्रालि काठमाण्डौ र विराटनगर ७ नं. वडाको संयुक्त आयोजनामा विराटनगरमा बुधबार भएको धप्रमान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नदिने बताइन् । ‘सूतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गरेर कार्यन्वयनमा लिएर जानेछौं,’ उनले भनिन्, ‘महानगरले विराटनगरको सार्वजानिक स्थलमा १ साउनबाट सर्तीजन्य पदार्थ विक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएर लानेछौं ।’ अटेर गर्नेलाई ऐनमा भएको नियम अनुसार कारवाहीको दायरामा आउने उनले बताइन् ।

सूर्तीजन्य पदार्थको सार्वजानिक स्थलमा विक्री वितरण गर्ने महानगरको अभियानलाई सबै संघसंस्थाले साथ सहयोग गरिदिनुपर्ने उनले बताइन् । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्न सुरू गरेको हो । चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका विरामीको संख्यामा वृद्धी आएको बताए । ‘धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोले मुखको क्यान्सर अहिले बढेको छ,’ उनले भने, ‘कोशी अस्पतालमा अहिले दैनिक २/३ जना मुखको समस्या लिएर विरामीहरु आउने गरेका छन् । आएका विरामीहरू सुर्तीजन्य पदार्थ सेवनको कारणले समस्या लिएर आउनेहरू रहेका छन् । ’

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठ, विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर ७ का वडाअध्यक्ष मधुवावु तिवारी, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, पब्लिक फोरमको अध्यक्ष उतम ढुङगेलले रोग निम्त्याउने सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन अन्त्य गरेर अगाडी बढनुपर्ने बताए । त्यसको लागि सचेतना मुलक कार्यक्रम गरेर सूतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गर्नुपर्नेमा जोड दिए ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ ।

विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण भैरहेको र त्यसलाई पूर्ण रुपमा रोक्न महानगरपालिका लागि पर्ने भएको हो ।सूर्तिजन्य पदार्थ सेवन गर्न रोक लगाउन मोरङका अन्य स्थानीय तहहरूले पनि तयारी गरिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes