तेक्वान्दोमा भविष्य खोज्दै उमेशकुमार - Pahilo Online

तेक्वान्दोमा भविष्य खोज्दै उमेशकुमार

writer

समिर वि.क.


सबैको आ–आफ्नो सपना हुन्छ । उमेश कुमार मोक्तानको सपना चाहीं खेलकुदमा लागेर केही गर्छु भन्ने थियो । उनको जन्म तेह्रथुम जिल्ला चुहानडाँडा हाल बसोबास ललितपुर नखिपोटमा रहेको छ । शेरबहादुर तामाङ र श्रीमाया तामाङको कान्छो सन्तान उमेश कुमार सानैबाट नै खेलकुदमा विषेश रुचि राख्दथे ।

नेपाली खेलकुदको जगतमा चिर परिचित तेक्वान्दोका राष्ट्रिय खेलाडी उमेशकुमार ब्लाकबेल्ट टुडन प्राप्त खेलाडी हुन् । स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुलाई तेक्वान्दो खेलबारे निरन्तर प्रशिक्षण दिइरहेका छन् । आत्मरक्षाको बारेमा साथै स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दैै उनीसंग राष्ट्रपति रनिङ सिल्ड दोस्रो तथा तेस्रोमा भाग लिएको अनुभव छ ।

तेक्वान्दो खेलका प्रख्यात खेलाडी दिपक विष्टसंग पनि तेक्वान्दोको बारेमा विषेश प्रशिक्षण लिइका उमेशकुमार खेलकदमा इमान्दारिताका साथ लाग्ने हो भनें भविष्य उज्वल रहेको बताउँछन् । हाल विभिन्न विद्यार्थीहरुलाई तेक्वान्दो बारेमा प्रशिक्षण दिइरहेका उनी खेलकुदबाट आफ्नो सानैबाटको ईच्छा चाहना पूरा भएको र आम्दानी समेत भएकोले आत्म सन्तुष्टि मिलेको बताउँछन् । अहिलेको समयमा विशेषगरी छोरीचेलीहरुले तेक्वान्दो खेलको बारेमा प्रशिक्षण लिएर आफ्नो आत्मरक्षा र मनोबल बढाउन जरुरी रहेको उनी सुझाउँछन् । उनी स्वास्थ्यले साथ दिएसम्म निरन्तर तेक्वान्दो खेललाई नै आफ्नो कर्म बनाउने विचारमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes