ग्रामथानमा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया  - Pahilo Online

ग्रामथानमा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया 

writer

बाबुराम मुडियारी

बाबुराम मुडियारी 

ग्रामथान/ ग्रामथान गाउँ पालिका मा आखाँ,नाक, मुख, घाँटी र मोतियाविन्दु, जल विन्दु व्यत्तिगत सरसफाई लगाएत स्वास्थ्य सम्बन्धी एक दिने अन्तर्क्रिया सम्पन्न भएको छ।सो अन्तरक्रिया मा गाउँ पालिका का शिक्षक, समाजसेवी,पत्रकार , स्वास्थ्यकर्मी लगाएत को २५ जनाको सहभागीता रहेको थियो।

अन्तरक्रिया मा आखाँ, नाक, मुख,घाँटी , मोतियाविन्दुक,जल विन्दु , आखाँ पाक्ने रोग तथा उपचार , रोकथाम , निदान लगाएत व्यक्ति, विधार्थी हरू लाई रोग लाग्न नदिन अपनाईने सावधानीको बारे डा. अन्जनी झा,डा.अशोक चौधरीले सहजीकरण गरेका थिए। अन्तरक्रिया मा ग्रामथान गाउँ पालिका र स्वास्थ्य शाखाले समुदाय तथा शिक्षक, विधार्थी हरूलाई समय समय मा स्वास्थ्य सम्बन्धी गोष्ठी,तालिम दिनुपर्ने समाजसेवी विकास धिमिरे र शिक्षक अशोक लुइँटेल ले बताएका थिए।

ग्रामथान गाउँ पालिका का स्वास्थ्य शाखा प्रमुख राज कुमार झा ले विधालयहरूमा पनि हप्तामा स्वास्थ्य, रोग लगाएत बिषयमा शिक्षक हरूले पनि कक्षा संचालन गनुपर्ने बताए थिए।कार्यक्रममा सहभागी हरूले स्वास्थ्य सम्बन्धी टोल टोलमा तालिम , गोष्ठी जस्ता काय॔क्रम हरू गाउँ पालिका र स्वास्थ्य शाखाले संचालन गनुपर्ने कुरामा जोड दिएका थिए। स्वास्थ्य अन्तरक्रिया काय॔क्रममा ग्रामथान गाउँ पालिका का अघ्यक्ष जय प्रकाश गच्छदार ले उद्घाटन गरेका थिए। ग्रामथान गाउँ पालिका को आयोजना तथा ग्रामथान गाउँ पालिका स्वास्थ्य शाखा को समन्यव मा गाउँ पालिका को सभाहलमा भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes