सहकारी पीडितद्वारा बचत फिर्ताको माग गर्दै प्रदर्शन - Pahilo Online

सहकारी पीडितद्वारा बचत फिर्ताको माग गर्दै प्रदर्शन

writer

पहिलो अनलाइन

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माईतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता पीडितहरूले सहकारीले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म पुग्दा पनि बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरू धाउँदा पनि सुनुवाई नभएको भन्दै संयुक्त रुपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन् ।

उनले सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने आफुहरुको माग रहेको बताए ।

बचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले सडक आन्दोलनमार्फत न्याय माग्न बाध्य भएको उनले बताए ।
अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको पनि उनले बताए ।

पीडितहरूले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ताको रकम अविलम्व फिर्ता गर, आमा नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पती तत्काल रोक्का गर, सहकारीहरूलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरूलाई कारबाही गर, सरकार हामीलाई न्याय दे, फरार सहकारी सञ्चालकको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौं, त्यहाँ छौं भन्ने नेताहरू आज कहाँ छन् ? सहकारीको कारणले दुःख पाए बचत कर्ताले भन्ने प्लोकार्डसहित नारा लगाइ प्रदर्शन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes