नमुना सामुदायिक वनद्वारा निःशुल्क स्वास्थ्य विमा, झुल वितरण र व्युटी पार्लर तालिम - Pahilo Online

नमुना सामुदायिक वनद्वारा निःशुल्क स्वास्थ्य विमा, झुल वितरण र व्युटी पार्लर तालिम

writer

पहिलो अनलाइन

लेटाङ । उत्तरी मोरङ्गको लेटाङ्ग स्थित नमुना सामुदायिक वन उपभोक्ता समुहले विपन्न उपभोक्तालाई निःशुल्क स्वास्थ्य विमा कार्यक्रम र व्युटीपार्लर तालिमको उद्घाटन गरेको छ ।
लेटाङ्ग ३ विरन स्थित फेकोफनको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख भुपेन्द्र लावतीले उद्घाटन गरेका थिए । कार्यक्रमका अवसरमा समुहका पाँच सय ७६ वटै घरधुरीमा पाँच वर्ष भित्र स्वास्थ्य विमाको पहुच पुर्याउने साथै समुहका सदस्यहरु लाई स्वरोजगार मुलक सिप दिलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको समुहका अध्यक्ष भिम देवानले बताए ।

अध्यक्ष देवानका अनुसार निःशुल्क स्वास्थ्य विमा कार्यक्रम आर्थिक वर्ष ०७६÷०७७ मा ३६ घरधुरीबाट थालिएको हो । यसरी गरिने स्वास्थ्य विमा पाँच वर्ष भित्र सबै खाले उपभोक्ता घरधुरीहरुलाई प्रथम पटक मात्र गरिने छ । विमाको समयावधि थप गर्नुपरे उपभोक्ता स्वयंले गर्नु पर्ने जनाईएको छ । आर्थिक अभावका कारण कुनै उपभोक्ताहरुले विमाको समयावधि थप गर्ननसकेमा भने समुहले नै समुहको टोली प्रमुखको सिफारिसमा गरिदिने समुहका कोषाध्यक्ष सागर राईले बताए । हाल समुहको जम्मा ३६ वटा टोल कमिटी रहेको छ ।

यसैगरी, सोही दिन उद्घाटन भएको व्युटीपर्लर तालिममा समेत समुहका टोलबाट सिफारिस भै आएका ईच्छुक ३२ जना युवतीहरुको सहभागिता रहेको छ । उपभोक्ताहरुलाई सिप सिकाई आत्म निर्भरता दिलाउने उद्देश्य रहेको सचिव उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष केहि न केहि उदाहरणीय कार्य गर्दै आईरहेको समुहले विपन्न उपभोक्ताहरुलाई निःशुल्क झुल वितरण समेत गरेको छ ।

संस्थाका अध्यक्ष भिम बहादुर देवानको अध्यक्षतामा सम्पन्न समारोहमा नगरका ३ नं. वडाध्यक्ष डम्बर राई, फेकोफन केन्द्रीय सदस्य सिता श्रेष्ठ, जिल्ला अध्यक्ष कृष्णप्रसाद लुइटेल, नगर महासंघ कोषाध्यक्ष नैनकला ढुंगेल, समूहका पूर्व अध्यक्ष गोपाल शर्मा चौलागाईलगायतको सहभागिता रहेको थियो ।

यसैगरी, समूहले आफ्नो आम्दानीको १० प्रतिशत कर एक लाख सत्र हजार आठ सय सन्तानब्बे रुपैयाँ नगरपालिकालाई बुझाएको छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes