उदाउँदै गरेको मुकुट ब्याण्ड - Pahilo Online

उदाउँदै गरेको मुकुट ब्याण्ड

writer

समिर वि.क

नेपाली सांगीतिक ब्याण्डहरुको भिडमा छुट्टै पहिचान सहित मुकुट ब्याण्डको आगमन भएको छ । यस ब्याण्डमा लिड गिटारिष्ट श्याम श्रेष्ठ ललितपुर काठमाडौंका बासिन्दा हुन् । भोकलिष्ट÷रिदम गिटारिष्ट रुपेश श्रेष्ठ दोलखा चरिकोटबाट रहेका छन् भनें ड्रमर÷क्याजन राहुल राई धरानका हुन् ।

संगीत क्षेत्रमा केही गरौं भन्ने हुटहुटी जागेर तीनजना युवाहरु मिली काठमाडौंमा आजभन्दा चार–पाँच वर्ष अगाडि मुकुट ब्याण्ड स्थापना गरेका हुन् ।
काठमाडौंमा एकताका ब्याण्डहरु खुल्ने क्रम आँधिहुरी नै बनेको थियो । तर त्यो भने लामो समयसम्म टिक्न सकेन । ती सबै ब्याण्डहरु जसरी आँधिहुरीझैं आए, त्यसरी नै हराए । मुकुट ब्याण्डले स्थापनाकालदेखि नै कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।

उनीहरुले ललितपुर तथा काठमाडौंका विभिन्न क्लब तथा पब बारहरुमा शुक्रबार र शनिबार सांगीतिक प्रस्तुति दिने गरेका छन् । उनीहरुको खास विद्या चाहीं रक, पप गीतहरु गाउने–बजाउने भएपनि दर्शकहरुको विशेष अनुरोधमा चलन चल्तीमा रहेका नेपाली, ईंग्लिस, हिन्दी गीतहरु कभर गरी गाउने गरेका छन् ।


मुकुट ब्याण्डको आफ्नो छुट्टै विशेषता र प्रस्तुतिका कारण नयाँ वर्ष, क्रिसमस लगायत विभिन्न चाडपर्वहरुमा राम्रै रोजाइमा पर्ने गरेको छ । तीनजना युवाहरु मिलेर स्थापना गरिएको ब्याण्डका लिड गिटारिष्ट श्याम भन्छन् ‘अब हामी छिट्टै नै दर्शक श्रोताहरुको रोजाइमा पर्ने गीत रेकर्डिङ गरी म्युजिक भिडियो बनाउने जमर्को गर्दैछौं ।’ तपाईहरुको गीत किन ढिला ? भन्ने जिज्ञासामा उनी भन्छन् ‘अहिले सुन्ने भन्दा पनि हेर्ने जमाना भएको हुँदा म्युजिक भिडियोको तयारीमा जुट्दा केही समय लागेको हो ।’

तीन जना युवाहरुको पेशा अरु नै भएपनि गीत संगीतमा रुचि भएकाले यसलाई छोड्न नसकेको उनीहरुको भनाई छ ।
मुकुट ब्याण्डका भोकलिष्ट रुपेश भन्छन् ‘नेपाली गीत संगीत पनि विश्व संगीत बजारमा प्रतिष्पर्धा गर्ने किसिमका रहेका छन् । विश्वमा छरिएर रहेका नेपाली भाषी, गीत संगीतलाई माया गर्ने दर्शक श्रोताहरुलाई मन पर्ने गीत पस्किने हाम्रो प्रयास जारी रहने छ ।’ उनले आफ्ना गीतहरुलाई पनि माया गरिदिन हुन अनुरोध समेत गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes