बसन्त हरियाली सामुदायिक वनद्वारा लाश दहन स्थल निर्माण - Pahilo Online

बसन्त हरियाली सामुदायिक वनद्वारा लाश दहन स्थल निर्माण

writer

पहिलो अनलाइन

जाँते । हरियो वन नेपालको धन भन्ने उखान अहिले हरियो वन निमुखाको धन भएको छ । सामुदायिक वनहरुले वन पैदावार बिक्रीबाट आएको आम्दानीले वन विकासका साथै सामाजिक काम गरेर उदाहरणीय बन्दै आएका छन् ।
उत्तरी मोरङको लेटाङ–९ जाँतेको बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले पनि यस्तै अनुकरणीय कार्य गरेको छ । उक्त समूहले उपभोक्ताको मृत्युमा निःशुल्क दाउरा उपलब्ध गराउँदै आएको छ । यस्तै समूहले वडा कार्यालयको सहकार्यमा शव दहन स्थल, दाउरा सुरक्षित रहने घर र मलामी विश्रामालय निर्माण गरी दुःखमा सहयोगी बनेको छ । टहरा निर्माणमा समूहका तर्फबाट करिव ३ लाख रुपैयाँ लगानी भएको अध्यक्ष होमनाथ सुबेदीले जानकारी दिए । ‘मलामिहरुलाई घाम, पानीबाट जोगिनको लागि मलामि बस्ने घर, टहरा निर्माण गरिएको हो’– अध्यक्ष सुबेदीले भने । उनका अनुसार समूहले विपन्न उपभोक्ताहरुलाई घर निर्माणका लागि निःशुल्क एवं सहुलियत मुल्यमा चिरान काठ उपलब्ध गराउँदै आएको छ । समूहले वैकल्पिक आम्दानीका लागि खाली रहेको वन क्षेत्रमा सुपाडी, रुद्राक्षलगायतका नगदे वाली र फलफुलका विरुवा लगाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes