लिम्बुको च्याब्रुङ र थारुको पोषाक संरक्षणमा वडाको सक्रियता - Pahilo Online

लिम्बुको च्याब्रुङ र थारुको पोषाक संरक्षणमा वडाको सक्रियता

writer

सन्तोष राई

शनिश्चरे । पथरी शनिश्चरे वडा न.. ८ ले आफ्नो वार्षिक कार्यक्रमको रुपमा लिम्बु जातिको परम्परागत संस्कृतिको रुपमा रहेको च्याब्रुङ नृत्य संरक्षण तथा पुस्तान्तरण गर्नका लागि एक महिने च्याब्रुङ (केलाङ) नृत्य प्रशिक्षण गराएको छ भने थारु जातिको परम्परागत पोशाक हस्तान्तरण गरेको छ ।
आज च्याब्रुङ तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले आफ्नो पहिचान संरक्षण गर्नका लागि सबैले आ–आफ्नो परम्परागत पोशाक, बाजा, संस्कार, भाषा आदिको संरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । यस वर्ष लिम्बु र थारु जातिको संस्कृति संरक्षणमा सहयोग गरेकोमा आगामी दिनहरुमा अन्य जातिहरुको पनि मागमा आधारित परम्परागत सस्कृतिहरुको संरक्षण गर्न वडाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
किरात लिम्बु भाषा विद्यालयका अध्यक्ष छत्रबहादुर लिम्बुले वडाबाट आफूहरुको भाषा संरक्षणको लागि लिम्बु भाषा पाठशाला सुरुवात गरेको तथा संस्कृती संरक्षणको लागि एक महिने च्याब्रुङ नृत्य प्रशिक्षण गरेर सहयोग गरेकोमा वडा कार्यलयलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो ।
थारु कल्याणकारी समाज नगर कमिटी सचिवले नगरपालिकामा यतिका थारुहरु हँुदा पनि कुनै पनि सहयोग नगरेको समयमा वडा नं. ८ ले आफूहरुलाइ सहयोग गरेकोमा थारुहरु खुशी भएको बताउनुभयो । कार्यक्रममा थारु जातिको नृत्य र लिम्बु जातिको च्याब्रुङ नाच समेत प्रस्तुत गरिएको थियो ।
आदिवासी जनजाति वडा नम्बर ८ का संयोजक तारा खजुम लिम्बुको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव सुनिल लिम्बुले सञ्चालन गर्नुभएको थियो भने वडा सदस्यहरु शान्ता योङहाङ, झमक बहादुर लिम्बु, बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा लगायतको उपस्तिथि रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes