नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम - Pahilo Online

नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगरपालिकामा जनप्रतिनिधिहरुलाई कानूनी शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम जेठ ५ र ६ गते सञ्चालन हुनेछ । सो कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक देवीमाया काफ्ले, प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो, विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल रहनुभएको छ ।
कार्यक्रममा वडाध्यक्षहरु नैना राई, जीवन खतिवडा, बिजय लिम्बु, नविन कार्की र कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको छ । नगरपाकिाका कर्मचारी विश्वमणि निरौलाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य पदम धिमालले राख्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रमको सहजीकरण नगरका कानूनी सल्लाहकार अधिवक्ता दीपककुमार राईले गरिररहनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes