‘साकेलाले सबै जातजातिमा आत्मीयता साटेको छ’– नगर प्रमुख तुम्वापो - Pahilo Online

‘साकेलाले सबै जातजातिमा आत्मीयता साटेको छ’– नगर प्रमुख तुम्वापो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नेपाल विभिन्न जातजातिको साझा थलो भएकाले किरात जातिहरूको ऐतिहासिक तथा मौलिक साँस्कृतिक, धार्मिक र पर्यटकीय महत्वलाई नगरपालिकाले सदैव महत्वका साथ हेरेको बताउनुभएको छ । उहाँले थप्नुभयो– ‘साकेलाले सबै जातजातिमा आत्मीयता साटेको छ ।’
मंगलबार पथरीशनिश्चरे १ मा स्थापित साकेला थानमा येले सम्वत ५०८३ को अवसरमा आयोजित साकेला शिली प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नगर प्रमुख तुम्वापोले सो कुरा बताउनुभएको हो । किरात यायोक्का पथरी शनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा बेलबारी, कानेपोखरी, पथरी शनिश्चरे, उर्लावारी, लेटाङ, दमक लगायतका विभिन्न क्षेत्रबाट सक्रिय सहभागिता जनाउने १० बढी साकेला शिली समूहहरूले धुमधामका साथ आफ्ना प्रस्तुति पस्केका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई, किरिया कार्य समिति पथरीशनिश्चरेका अध्यक्ष प्रेम कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, मोरङको जिल्ला अध्यक्ष केदार चाम्लिङ राई, मोरङ जिल्ला सचिव कासिहाङ राई, पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई, कला साहित्य प्रवद्धन समिति पथरीशनिश्चरेका अध्यक्ष धनराज राई (अमीर) को उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes