जाँते । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित बुडौली चौक दक्षिणमा रहेको “न्यु बाबा नुडल्स उद्योग” को नवनिर्मित भवनको आज एक समारोहका विच नगर प्रमुख भुपेन्द्र लावती द्वारा उद्घाटन गरिएको छ ।
उक्त भवनको नगर प्रमुख लावतीले स्वस्ति वाचनका साथमा भवनको मुल द्वारमा टाँगिएको रिवन काटनुका साथै उद्योगको व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा नगर प्रमुख लावतीले आफ्नो विचार राख्दै यस्ता लगनशिल हातहरुको खोजीमा नै नगर लागी परेको र यस्तै लगनशिल हातहरुको साथमा सदा नगर रहेको बताउनुभएको छ । साथै विदेशबाट सीप लिएर फर्केका युवाहरुलाई स्वदेशमा स्थापित गर्न नगरले के गर्नु पर्छ भनेर सदा नगर चिन्तित रहेको नगर प्रमुखले बताउनुभएको छ ।
उक्त उद्योग विगत पाँच वर्ष अघि देखि स्थानिय बुडौली चौक पश्चिममा रहेको पदम बहादुर खड्काको घरमा सञ्चालनमा रहेको थियो । अहिले आएर उक्त उद्योग सञचाक सरोज खड्काको आफ्नै निजी घर परिसरमा निर्माण गरिएको भवनमा सञचालनमा आएको हो।
नुडल्स उद्योगलाई धेरै लामो समय भाडाको घरमा सञ्चालन गर्दा उद्योगको व्यावस्थापनमा विविध कठिनाई भोग्नु परेकाले ऋण गरेर भए पनि आफ्नै भवन निर्माण गरी सारिएको सञ्चालक खड्काले जनाएका छन् ।
२०७५ साल तिर विदेशमा कमाएको अन्दाजी एक लाख पुँजीबाट सञ्चालन शुरु गरिएको उक्त उद्योग हाल आएर बार्षिक ३० लाख सम्मको कारोवार हुने जनाईएको छ । कामलाई सानो-ठुलो नसम्झी गर्ने हो भने पैसै कमाउन विदेश जानै नपर्ने सञ्चालक खड्काले वताए । उनि भन्छन् “यस उद्योगमा सबै भन्दा ठुलो समस्याको रुपमा प्रयाप्त विद्युतको कमि भएकाले यदि नगरले जेनेरेटर मात्र अनुदानमा उपलब्ध गराए आफु यस नगरकै नमुना उद्योग बानएर देखाईदिने छु “। विद्युतको अभावमा कैयौं पटक बोराका बोरा मैदा विग्रीएर नष्ट भएको छ । यस बाट आफुलाई ठुलै घाटा सहनु परेकोले आफुले नगरको मुखताकेको उनि बताउँछन् ।
उद्योगबाट पाँच वर्षमा कति कमाएँ भन्ने यकिन नभए पनि शुरुमा भाडाको घरमा एक वटा बाईक र एक जना कामदार द्वारा सञ्चालनमा ल्याएको उद्योग हाल आएर निजी घर,दुईवटा बाईक र चारजना जति कामदारले उद्योग चलाउने अवस्थामा आई पुग्नु भनेको उद्योग उभोगतिमा नै रहेको खड्का बताउँछन् । शुरुमा बजारको पनि अभाव थियो भने अहिले बजारको कुनै अभाव नरहेको र शुरुमा जाँते,लेटाङ्ग पथरी सम्मको बजार भएको यस उद्योगको हाल उर्लाबारी , दमक सम्मको बजार रहेको छ । अब चाँडै बेलबारी र सुन्दरहरैंचा सम्म पनि बजार बढाउने योजना रहेको सञ्चालक खड्का बताउँछन् । उद्योग बाट नुडल्स सँगै नुडल्स सँग सम्बन्धित सबै प्रकारका मसला समेत उचित मुल्यमा ( होलसेल मुल्यमा ) उपलब्ध गरिने बताईएको छ।
सोहि अवसरमा उद्योगको पाँच वर्षे स्थापना दिवस समेत मनाईएको थियो । सो खुसीयालिमा नगर प्रमुख द्वारा पाँच अंकको मैन प्रज्वलित गर्नुका साथै केक समेत काट्नु भएको थियो । समारोहमा स्थानिय वडाका वडाध्यक्ष लगाएत सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।