पथरी शनिश्चरे नगरपालिकाद्वारा प्राज्ञ सरोजा खड्गी सम्मानित : विभिन्न विधाका सर्जगहरूलाई कदर प्रदान - Pahilo Online

पथरी शनिश्चरे नगरपालिकाद्वारा प्राज्ञ सरोजा खड्गी सम्मानित : विभिन्न विधाका सर्जगहरूलाई कदर प्रदान

writer

पहिलो अनलाइन

पथरी । माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाले यस वर्षको स्रष्टा सम्मानबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवम् चित्रकार सरोजा खड्गी भएकी हुन्। कला साहित्य प्रवर्द्धन समितिको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा आयोजित बाल साहित्य महोत्सवको समापन कार्यक्रममा प्राज्ञ खड्गीलाई पथरीशनिश्चरे नगरका प्रमुख मोहनप्रसाद तुम्वापोले दोसल्ला ओढाएर सम्मानित गरेका हुन्।

कला प्रवर्द्धन समितिको अध्यक्ष धनराज राई ( अमीर)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि – पथरीशनिश्चरे नगरका प्रमुख मोहनप्रसाद तुम्वापोले – नगरले आगामी दिनहरुमा पनि यस्तो साहित्य र कला संस्कृति क्षेत्रमा सक्दो सहयोग पुर्याउने विश्वास दिलाए। उनले कला र साहित्यको क्षेत्रमा यो कार्यशालाले बाल बालिकाहरूको प्रतिभा तिखारेको मैले महशुस गरेको छु भने।

विभिन्न विधागत रूपमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई प्रमुख अतिथि तुम्वापो र अध्यक्ष राईले कदर पत्र प्रदान गरेका थिए। कार्यक्रममा वडाध्यक्ष नैना राई, वडा नम्बर ४ का लोक नाथ न्यौपाने , पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति – केशर राई,गोपाल प्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार द्वारा पुरस्कृत रंगकर्मी तथा साहित्यकार ‘भरत गुरागाईं बर्बरिक पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्ति राम तिम्सिना , एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल रविन कन्दङ्वा, गोरखा पत्रिकाकी भाषा संपादक तथा साहित्यकार ममता मृदुलले पथरी बहुमुखी क्याम्पसमा नवगठित साहित्यिक मञ्चलाई साहित्यिक पुस्तक निशुल्क प्रदान गरेका थिए। यसैगरी, पथरी बहुमुखी क्याम्पसमा साहित्यकार लक्ष्मी प्रसाद फुयालको अध्यक्षतामा बसेको बैठकले धनश्याम प्रसाईंको अध्यक्षतामा ११ सदस्यीय साहित्यिक मञ्च गठन समेत भएको छ।

सोहि क्रममा ललितकला शिक्षक सञ्जु थापा मगरले नगरप्रमुख मोहनप्रसाद तुम्वापोको आकृति चित्रमा उतारेका थिए। नाट्यकर्मी जीवन बराल, सुमन बराल , सहितको रंगकर्मीहरूको टिमले ‘चौतारी ‘नाटक मञ्चन गरेका थिए। सोहि महोत्सवको सातै दिने कार्यशालामा गीत संगीत, साहित्य, चित्रकला , हस्तलेखन , नाटक, सेरामिक माटोका सामानहरू, नृत्य,वाचनकला लगायतका विभिन्न विधामा कार्यशालामा नगरभित्रका ७३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आ आफ्नो प्रतिभा र कलामा निखार्न सफल भएका थिए।

उक्त अवसरमा पथरीशनिश्चरे-२ मा रहेको रेडस्टार माविका विद्यार्थीहरूले “हाम्रो पथरीशनिश्चरे” बोलको नृत्य प्रस्तुत गरेका थिए भने द संकल्प बेण्डले सुन्दर गीतहरु प्रस्तुत दिएको कार्यक्रममा सम्वन्धित विधाका सर्कहरूले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कला साहित्य तथा संस्कृतिको संरक्षण संवर्द्धन गर्न सहजीकरण गरिएको आयोजकले जनाएको छ। सोहि कार्यक्रममा सम्मानित प्राज्ञ सरोजा खड्गीले नगरस्थित एभरेष्ट आर्ट फ्यूजनका अध्यक्ष भूमिप्रसाद पाठकलाई चित्रकलाको थप प्रवर्दनका लागि नगद २५ हजार रुपैयाँको आफ्नो पुरस्कार राशी हस्तान्तरण गरेकी छिन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes