जातीय विभेद अन्त्यका लागि तीन सञ्चारकर्मीद्वारा साइकलयात्रा - Pahilo Online

जातीय विभेद अन्त्यका लागि तीन सञ्चारकर्मीद्वारा साइकलयात्रा

writer

पहिलो अनलाइन

पथरी । जातीय विभेदविरुद्ध वैशाख ६ गतेदेखि महाकाली–मेची साइकलयात्रा सुरु गरेका तीन जना महिला सञ्चारकर्मीहरु सोमबार पथरी आइपुगेका छन् । कञ्चनपुरको गड्डाचौकी नाकाबाट साइकलयात्रा सुरु गरेका साइकलयात्रीहरु रिता बुढाथोकी, इन्दिरा विश्वकर्मा र संगीता नेपालीलाई सोमबार पथरीमा स्वागत गरिएको हो ।

२५ दिनमा मेचीको कन्काई पुगेर समापन गरिने उद्देश्यका साथ यात्रामा रहेका उनीहरुले जातीय विभेदविरुद्ध सचेतना, गोष्ठी र साहित्यिक गतिविधिहरु गर्दै पथरी आइपुगेका हुन् । उनीहरुलाई नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपप्रमुख यमुना विष्ट बाँस्तोला, वडासदस्य मिना विश्वकर्मालगायतका सामाजिक व्यक्तित्वहरुले स्वागत सम्मान गरेका थिए ।

‘साइकलयात्रापछि जातीय विभेद अन्त्यका लागि सरकारलाई प्रतिवेदन पनि बुझाउने छौं,’ सञ्चारकर्मीसमेत रहेकी साइकलयात्री बुढाथोकीले भनिन्, ‘दलितलाई मात्रै नभई सबै समुदायलाई सँगै बोकेर यो अभियान गर्नेछौं ।’ उनले आफु समेत विभेदमा परेका कारण यही क्षेत्रबाट यात्रा सुरु गरिएको बताइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes