दुर्गा आधारभूतमा धारा जडान - Pahilo Online

दुर्गा आधारभूतमा धारा जडान

writer

बाबुराम मुडियारी

 ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिका अन्तर्गत झोराहाटको झङडाई टोलमा अवस्थित श्री दुर्गा आधारभूत विधालयमा आईतबार विराटनगरका  समाजसेवी हरू घनश्याम राठी तथा राजेन्द्र राठीको दश हजार बराबरको आर्थिक सहयोगमा विधालयका छात्र छात्रा शौचालय,शिक्षक कर्मचारी शौचालयमा सुविधा यूक्त धारा सामग्री र मिस्त्री ज्याला सहित अफ्नै उपस्थितीमा धारा जडान काय॔ सम्पन्न  गरी धारा जडान काय॔ मा सहयोग गरेको छ।

यस विधालयमा अध्ययनरत छात्र छात्रा हरूलाई जाडोको  समयमा 55 थान न्यानो कपडा राठी आवद्ध संस्था मोरङ इलेक्ट्रिक संघ मोरङ माफर्त पनि वितरण गरेको थियो। विधालयमा नस॔री देखी  4 कक्षा सम्म पढाई हुन्छ। सिमांन्तकृत समुदायका विधार्थी तथा दैनिक ज्यालादारी मजदुर हरूका विधार्थी हरू पठन पाठन गर्ने गरेका छन् बताऊदै विधालयका  प्र.अ. यदु कुमार लुईटेल ले सहयोगी दाता घनश्याम राठी,राजेन्द्र राठी, मोरङ इलेक्ट्रिक संघ विराटनगर , रेमिट सहकारी संस्था लिमिटेड झोराहाट लगाएत विभिन्न समयहरूमा विधालय लाई सहयोग गरी सहयोग गर्ने  सम्पूर्ण सहयोगी हातहरुमा  आभार तथा धन्यवाद सहित विधालयलाई अझ सहयोगको खाँचो रहेकोले सहयोग गरी दिनहुन समेत र साथ र सहयोगको अपेक्षा समेत राखेको बताऊनुभयो।

विधालय वि.स.2053 सालमा स्थानिय समाजसेवी दुर्गा मुडियारी ले 1कठ्ठा जग्गा दान गरी स्थपना  भएको हो। आर्थिक, शैक्षिक, राजनितिक, राज्य सत्ता तथा गाऊँपालिका सरकार, वडा सरकारको पहुँचमा  समाजका व्यक्तिहरू   नभएका कारण समाजका व्यक्तिहरू लाई समाजमा  विकास गरिदिने  नाममा भोट बैंक मा मात्र प्रयोग गर्ने  गरेको स्थानीय हरू बताऊछन्।  र  विधालयमा  बजेट  बिनियोजनमा पनि पहुँच नभएको कारण विधालयको भौतिक पूर्वाधार हरूका काय॔ हरू हुन् नसकेकोले विधालय सम्रग विकासमा पछि परेको स्थानीय को भनाई छ। यस विधालय का सम्रग विकासमा संधिय सरकार, स्थानीय सरकार हरूको  ध्यान जान जरूरी देखिन्छ । सहयोगी संघ संस्थाहरूको पनि सहयोग को खाँचो  रहेकोले सहयोग गरिदिन आवश्यक देखिन्छ  ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes