नगरमा कुष्ठरोगको बारेमा अभिमुखीकरण कार्यक्रम - Pahilo Online

नगरमा कुष्ठरोगको बारेमा अभिमुखीकरण कार्यक्रम

writer

सन्तोष राई

पथरीशनिश्चरे । कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता एवं अनुसन्धानात्मक बारेमा जानकारी गराउन समुदाय स्तरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु बीचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिकामा भएको सो कार्यक्रमको सभाध्यक्ष नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । कार्यक्रमको सहजीकरण एन.एल.आर. नेपालका लभी शाक्यले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सन् २०१५ देखि चल्दै आएको कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता तथा हाल नयाँ विरामी आउने दरको विषयमा अनुसन्धान लगायत विविध पक्षहरुको बारेमा जानकारी दिइएको थियो । यस्तै कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख तुम्वापाले नगरवासीलाई कुष्ठरोग सम्वन्धी जानकारी दिएर सचेत गराउन सबैमा अनुरोध गर्नुभयो ।
यसैगरी सो कार्यक्रममा नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, सह–संयोजक जगत मगर, एकराज खत्री र नगरपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes