यौन ब्यवसाय सञ्चालन गर्ने होटल सञ्चालक थुनामा - Pahilo Online

यौन ब्यवसाय सञ्चालन गर्ने होटल सञ्चालक थुनामा

writer

पुजन दास

उर्लाबारी । मोरङको उर्लाबारीमा यौन ब्यवसाय सञ्चालन गर्ने मिक्लाजुङ होटल एण्ड लज सञ्चालक नवराज भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत मोरङले भण्डारीलाई थुनामा राख्ने आदेश दिएको हो ।

थुनामा राख्ने आदेशसँगै अभियुक्त भण्डारीलाई जिल्ला कारागार मोरङ लगिएको छ । यौन ब्यवसाय सञ्चालन गरेको आरोपमा उर्लाबारी–७ स्थित पूरानो भोजपुरे होटल अहिलेको मिक्लाजुङ होटल एण्ड लज सञ्चालक भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । तीन जना किशोरीलाई जवरजस्ती यौन ब्यवसायमा लगाएको पाएपछि प्रहरीले उनलाई पक्राउ गरी मानव बेचविखन मुद्धामा म्याद थपेर अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले उर्लाबारीको कमाण्ड सम्हालेपछि यौन धन्दा सञ्चालन गर्ने होटलहरुमा प्रहरीले निगरानी बढाएको छ । अन्य केही होटलमा पनि यौन ब्यवसाय सञ्चालन हुने गरेको सूचना प्राप्त भएको र ती होटलहरुमा पनि निगरानी गरिरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes