सडकमा जथाभावी निर्माण सामग्री थुपारिँदा दुर्घटना - Pahilo Online

सडकमा जथाभावी निर्माण सामग्री थुपारिँदा दुर्घटना

writer

पुजन दास

उर्लाबारी । उर्लाबारीका अधिकांश भित्री सडकहरुमा जथाभावी निर्माण सामग्री थुपारिँदा दुर्घटनाको जोखिम बढेको छ । भित्री सडकहरुमा जथाभावी निर्माण समाग्री राख्दा दुर्घटनाको जोखिम बढेको हो ।

निर्माण व्यवसायी र उपभोक्ताहरुले ढुंगा, गिट्टी, बालुवा र रड लगायतका घर तथा भवन निर्माण सामग्रीहरु जथाभावी राख्ने गरेका छन् । यसले बजारक्षेत्रका भित्री सडकहरुमा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उर्लाबारीका अधिकांश भित्री सडकहरुमा जथाभाबी भवन निर्माणका सामाग्री थुप्रिएका छन् । भित्रि सडकहरुमा राखिएका निर्माण सामग्रीहरुले एकातिर बजारको सौन्दर्यता कुरुप बनाएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ ।

निर्माण ब्यवासायीले सडकलाई सामान भण्डारणको स्थल बनाउँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । यसअघि उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागोले जथाभाबी थुपारेका निर्माण सामाग्रीहरु नगरपालिकाले जफत गर्न नगर प्रहरीलाई निर्देशन दिनुभएको थियो । तर, अहिलेको नेतृत्वले उक्त कार्यलाई निरन्तरता नदिँदा अहिले जथाभाबी निर्माण सामाग्रीहरु थुपारिएको छ ।

यस्तै, विहे वा अन्य कार्यक्रम हुँदासमेत सडक बन्द गराएर त्रिपाल तथा टेन्ट टाग्ने प्रवृत्ति बढेको छ । यसप्रति जनप्रतिनिधिहरुले चासो दिन आवश्यक देखिन्छ । यस विषयमा उर्लाबारी नगरपालिकाले कुनै चासो दिएको छैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes