मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न समुदाय केन्द्रित गतिविधि गर्नुपर्ने - Pahilo Online

मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न समुदाय केन्द्रित गतिविधि गर्नुपर्ने

writer

पहिलो अनलाइन

पथरी । मोरङमा २८औँ वन्यजन्तु सप्ताह शुक्रबारदेखि सुरू भएको छ । दुर्लभ वन्यजन्तु संरक्षणका लागि दायित्व बोध गराउने खालका कार्यक्रमको आयोजना गरी वैशाख १ गतेदेखि ७ गतेसम्म एक हप्ता उक्त सप्ताह मनाएको हो ।
समन्वय, सहकार्य र सहअस्तित्व ः वन्यजन्तु संरक्षणमा हाम्रो साझा दायित्व भन्ने मूल नाराका साथ सुरू भएको सप्ताह विभिन्न सचेतनामुलक कार्यक्रम गरी समापन भएको छ ।

विहीबार मोरङको पथरीशनिश्चरे २ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा सामुदायिक वन, स्थानीय जनप्रतिनिधि, पर्यटनसँग सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कावुलबहादुर मगरले पछिल्लो समय दुर्लभ वन्यजन्तु मार्ने क्रम बढेको भन्दै संरक्षणको संयन्त्रलाई सक्रिय बनाउनुपर्ने बताए । राष्ट्रिय वनका वन्यजन्तु सङ्कटमा रहेको भन्दै उनले यिनीहरुको पीडा मानवले बुझ्न सक्ने अवस्था सृजना हुन सके संरक्षणले सार्थकता पाउने बताए ।


पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडा सदस्य चन्द्रकुमार राईले संरक्षणमार्फत पर्यापर्यटन र जीविकोपार्जनको बलियो आधार तयार हुनुपर्ने बताए । उनले मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न समुदाय केन्द्रित गतिविधि अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै सव डिभिजन वन कार्यालय पथरीका कार्यालय प्रमुख दिवसकुमार चौधरीले मानव–वन्यजन्तुबीचको द्वन्द्वका कारण संरक्षणमा सङ्कट निम्तिएको भन्दै यसका लागि स्थानीय तहसँग सहकार्य गरी संरक्षणमूलक कार्यक्रम अगाडि बढाउनुपर्ने औंल्याए । चौधरीले प्रहरी, वन कार्यालय र उपभोक्ता समूहको त्रिपक्षीय सहकार्यबाट मात्र संरक्षण सम्भव रहेको भन्दै यो सहकार्यलाई पुनर्ताजगी गर्न आवश्यक रहेको बताए । वन्यजन्तुको सहअस्तित्व मानवले स्वीकार्न सके संरक्षण थप प्रभावकारीरुपमा अगाडि जाने उनको भनाइ छ ।

सरस्वती आधारभुत विद्यालयका शिक्षक–शिक्षिका, विधार्थीहरु, इलाका प्रहरी कार्यालय पथरीलगायत स्थानीय जनप्रतिनिधि तथा संरक्षणका साझेदार संस्थाहरुबीच अन्तक्र्रिया तथा शान्ती चौक देखि सेल्फी रोड सम्म सरसफाई अभियान कार्यक्रम संचालनगरिएको थियो ।
तैतारी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सव डिभिजन वन कार्यालय पथरीका फरेष्टर प्रदीप कुवरले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes