वन्यजन्तु संरक्षण सप्ताह मनाईदै - Pahilo Online

वन्यजन्तु संरक्षण सप्ताह मनाईदै

writer

बाबुराम मुडियारी

झोराहाट । “समन्वय, सहकार्य र सहअस्तित्वः वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व” भन्ने नाराका साथ डिभिजन वन काय॔लय मोरङको आयोजनामा वन्यजन्तु उद्धार , वन्यजन्तु संरक्षण लगाएत बिभिन्न काय॔क्रम हरू बैशाख १–७ गते सम्म मोरङ जिल्लामा बिभिन्न कार्यक्रमहरु गरी वन्यजन्तु संरक्षण सप्ताह मनाईदैछ ।

सोही क्रममा वन कार्यालयको आफ्नै ट्रयाक्टर र वन्यजन्तु उद्धार केजको प्रयोग गरी ३ बटा चित्तलहरुलाई उद्धार गरी स्याहार, उपचार तथा पुर्नस्थापनाका लागि सुन्दरहरैंचा–५ मा पर्ने हसिना सिमसारमा २ बटा चित्तल र हरियाली सामुदायिक वन, पथरीमा १ बटा चित्तललाई सुरक्षित साथ राख्न सफल भएका छौं ।

यस उद्धार कार्यमा खटिने सम्पूर्ण वन कर्मचारी, वन उपभोक्ता समूह, स्थानीय वासिन्दा लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद दिएको डिभिजन वन काय॔लय मोरङ ले जनाएको छ। चैत्र 17-18 गते सम्म 2 दिने मानव वन्यजन्तु द्वन्द न्यूनिकरण का लागि वन्यजन्तु उद्धार तथा व्यवस्थापन तालिमको आयोजना गरी वन कम॔चारी हरू,वन्यजन्तु उद्धार कर्मी लगाएतको 25 जनाको सहभागितामा डिभिजन वन काय॔लय मोरङले तालिम सम्पन्न गरेको थियो। सो तालिममा सहभागी हरूलाई वन्यजन्तु उद्धार का सामग्री हरू पनि वितरण डिभिजन वन काय॔लय मोरङले गरेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes