एनआइसी एसिया बैंकले ऋणीलाई घरमै बन्धक बनायो - Pahilo Online

एनआइसी एसिया बैंकले ऋणीलाई घरमै बन्धक बनायो

writer

पहिलो अनलाइन

कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म डिउटीमा बसेका सुरक्षाकर्मी ।

दमक । एनआइसी एसिया बैंक दमकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सुरक्षा गार्ड पठाएको छ । ३ महिना किस्ता नबुझाउँदा बैँकले घरमै सुरक्षा गार्ड पठाएको हो ।

दमक नगरपालिका ५ का दुर्गाप्रसाद कडेँलको घरमा ३ दिनदेखि बैंककै सुरक्षा गार्ड पठाएको हो । कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ ।

४ दिन पहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफुसँग भएको १० हजार रुपैँया लगेर भौचर हालेकोमा सोहि दिनदेखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमित रुपमा सुरक्षागार्ड राखिदिने गरेको घरधनी कडेँलले बताए । बैँकमा आफ्नो १ करोड रुपैयाँ ऋण लिएकोमा अब साँबा ब्याज गरेर ९७ लाख रुपैँया तिर्न बाकी रहेको उनले बताए ।

कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म डिउटीमा बसेका सुरक्षाकर्मी ।

कडेँलकी श्रीमती चन्द्रकलाले बैँकले त्यसरी घरमै गार्ड पठाउँदा सामाजिक प्रतिष्ठामा समेत आघात पुगेको बताइन् । उनले बैँकले पूरा गर्नुपर्ने प्रकृया नपुर्याइ त्यसरी गार्ड राख्ने कुराको बिरोध समेत गरिन् । आफुहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपूर्वक बाँच्न पाउने हकबाट बञ्चित गराएको कडेँल परिवारको गुनासो रहेको छ ।

यसवारेमा नेपाल राष्ट्रिय बैँकका सहायक प्रवक्ता नारायणप्रसाद पौड्यालले एनआईसी मात्रै नभएर कुनैपनि बैँकले यसरी ऋणिको घरमा सुरक्षागार्ड राख्नु केन्द्रिय बैँकको नीति विपरित भएको बताए । यता एनआइसी एसिया बैँकका दमक साखा प्रबन्धक तीर्थ प्रधान दमकमा ऋणिको घरमा बैँकले सुरक्षागार्ड पठाउने केन्द्रीय नीति भन्दै पन्छिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes