मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तालिम - Pahilo Online

मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तालिम

writer

बाबुराम मुडियारी

ग्रामथान/  डिभिजन वन काय॔लय मोरङ को आयोजनामा 2 दिने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। सो तालिममा डिभिजन वन काय॔लय मोरङ र सव डिभिजन काय॔लय हरूमा काय॔रत वन रक्षक, विराटनगर उप महानगरपालिकाका नगर प्रहरी , वन्यजन्तु उद्धार काय॔ गदै आएका स्थानिय उद्धार कर्मी , लगाएतको 25 जनाको सहभागीतामा सम्पन्न भएको थियो ।

तालिम को उद्धाटन तथा समापन काय॔क्रममा तालिममा सहभागी लाई प्रमाण पत्र वितरण गदै वन्यजन्तु हरू अब गाँऊ घर , शहर बजारमा देखापर्न थालेको र उद्धार का लागी डिभिजन वन काय॔लय तथा सव डिभिजन वन काय॔लय हरूमा जानकारी गराई उद्धार गन॔ फोन तथा खबर आऊने गरेकोले वन्यजन्तु उद्धार र व्यवस्थापन का साथै संरक्षण गनुपर्ने आवश्यकता भएकोले र गर्मी को समयमा सर्प हरू घर हरूमा देखापरने गरेकोले तथा विराटनगर उप महानगर पालिकामा घरमा सर्प छ भनेर खबर आऊने गरेकोले यस वन्यजन्तु को उद्धारका लागि दक्ष तालिम प्राप्त जनशक्ति तयार गरी वन्यजन्तु उद्धार गन॔ तालिम आयोजना गरीएको बताऊदै तालिममा सिकेका ज्ञान लाई वन्यजन्तु उद्धार, व्यवस्थापन, संरक्षण मा प्रयोग गरी वन्यजन्तु उद्धार, व्यवस्थापन, संरक्षण मा प्रयोग गनुपर्ने डिभिजन वन काय॔लय मोरङ का डिभिजनल वन अधिकृत अनिरूद्ध कुमार साह ले बताऊदै सहभागी तथा प्रशिक्षक हरू धन्यवाद दिएका थिए।

सो तालिममा प्रशिक्षक हरू कोशी संरक्षण केन्द्र का प्रमुख विरेन्द्र गौतम, बरिष्ट वन्यजन्तु प्राविधिक हर्कमान लामा, कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र भेटनरी अधिकृत रूविना साह ले प्रशिक्षण दिएका थिए।

तालिममा सहभागीहरूलाई वन्यजन्तु उद्धार का सामाग्रीहरू लाठ्ठी , झोला, व्याग जुत्ता लगाएत आवश्यक सम्पूण॔ समाग्रीहरू वितरण गरेको छ। सो तालिममा डिभिजन वन काय॔लय मोरङ का सूचना अधिकारी रामलखन ठाकुर, अधिकृत दिनेश राई लगाएत को सहभागितामा रहेको थियो ।

वन्य जन्तु उद्धारका लागि विराटनगर उप महानगर पालिका मा नगर प्रहरी हरू, स्नेक रेसक्यू रामजी मण्डल फोन नं 9825398698 मा सम्प॔क गन॔ सकिन्छ । साथैडिभिजन वन काय॔लय मोरङ तथा सव डिभिजन वन हरूमा मा पनि सम्प॔क गन॔ सक्नुहुन्छ।साथै सुन्दर हरैचाका स्नेक रेस्क्यू प्रेम प्रसाद फुयाल फोन नं 984343199मा पनि उद्धारका लागि सम्प॔क गन॔ सकिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes