सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरेको अध्यक्षमा मैना - Pahilo Online

सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरेको अध्यक्षमा मैना

writer

मोहन भट्टराई

पथरी । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघको दोस्रो अधिवेशनले मैना आचार्य फुयललाई अध्यक्षमा चयन गरेको छभ ।
आज विहीबार पथरीशनिश्चरे–१० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न अधिवेशनबाट आचार्यको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शोभा तिम्सिना, सचिवमा हेमभक्त गुरुङ र कोषाध्यक्षमा हरि निरौला चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा शान्ति शंकर, निरञ्जनकुमार मण्डल, कौशिला राई, पुनम नेपाली, रोमान्सी धिमाल, उदयकुमार राई (दिनेश), मञ्जु लिम्बू, लक्ष्मण कार्की, रेणुका अधिकारी, मानबहादुर पाठक, शिवकुमारी भट्टराई, रत्नबहादुर बस्नेत रहेका छन् ।
सोही भेलाले निरञ्जन मण्डलको संयोजकत्वमा लेखा तथा अनुगमन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा शुभद्रा निरौला र यामबहादुर लिम्बु रहेका छन् । यस्तै सीता भुषालको संयोजकत्वमा न्यायिक समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा एञ्जिला माखिम र आरती राई रहेका छन् ।

नगर महासंघको अधिवेशनले जिल्ला महासंघ र प्रदेश महासंघको अधिवेशनका लागि प्रतिनिधि समेत छनौट गरेको छ । जिल्ला प्रतिनिधिमा मदन पोख्रेल, शान्तिराम खड्का, मानबहादुर पाठक, कौशिला राई, पनम नेपाली, शोभा तिम्सिना रहेका छन् । यस्तै, प्रदेश प्रतिनिधिहरुमा ईश्वर चौहान, रत्नबहादुर बस्नेत, हेमभक्त गुरुङ, आरती राई, रोमान्सी धिमाल, सीता भुषाल रहेका छन् ।

अधिवेशनमा बालकुमार ठाडा मगरको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
नगर महासंघका निवर्तमान अध्यक्ष रविन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश महासंघ सचिव अग्नीप्रसाद पौडेल, प्रदेश सचिवालय सदस्य रेणुका दाहाल, जिल्ला अध्यक्ष रामकृष्ण राईलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes