विजयी प्राप्त गरे पछि अनेरास्ववियुले गर्यो विरुवा गोडमेल     - Pahilo Online

विजयी प्राप्त गरे पछि अनेरास्ववियुले गर्यो विरुवा गोडमेल    

writer

डम्बरबहादुर विश्वकर्मा

 

लेटाङ्ग- लेटाङ्ग बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्ववियु निर्वाचनमा आफुले विजयी प्राप्त गरे पछिको पहिलो कार्यक्रम अन्तर्गत अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र विद्यार्थी युनियन( अनेरास्ववियु) ले विरुवा गोडमेल गरेको छ । ।

अनेरास्ववियुले लेटाङ्ग बजार स्थित गंगे चौक दक्षिण लेटाङ्ग कानेपोखरी सडक खण्डको दायाँबायाँ  रोपिएको विरुवा संरक्षणहेतु गोडमेल गरेको नवनिर्वाचित अध्यक्ष छवि श्रेष्ठले वताए ।

अध्यक्ष श्रेष्ठका अनुसार बजारको प्रवेश द्वार सौन्दर्यको उद्देश्यले रोपिएको उक्त विरुवा गोडमेल कार्यक्रममा लेटाङ्ग क्याम्पसमा अध्यनरत विद्यार्थीहरुका साथमा स्थानिय सामाजिक व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।  गोडमेल कार्यक्रम अनेरास्ववियुका मोरङ उपाध्यक्ष रुपेश खड्काको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यहि चैत्र १३ गते सोमबार गोडमेल गरिएको विरुवा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकाको आफ्नो  पहिलो कार्य स्वरुप रोपिएको विरुवाहरु हुन् । नगरमा प्रवेश गर्ने अतिथिहरुलाई स्वागतका लागि रोपिएको विरुवाहरुमा अधिकांस फुलफुल्ने प्रजातिका रहेका छन् ।

अनेरास्ववियुले विगतमा समेत यस्ता थुप्रै  रचनात्मक कार्यक्रम गर्दै आएको अनेरास्ववियु मोरङ उपाध्यक्ष खड्काले वताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes