सि.एम.कन्दङ्वा स्मृति कोषले एक लाख ६५ हजारको सम्मान प्रदान गर्ने - Pahilo Online

सि.एम.कन्दङ्वा स्मृति कोषले एक लाख ६५ हजारको सम्मान प्रदान गर्ने

writer

भुमिप्रसाद पाठक

पथरी । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषले साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई एक लाख ६३ हजार नगदसहित सम्मान गर्ने भएको छ । पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले छुट्टाछुट्टै विधाको तीन जनालाई सम्मान गर्ने आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी घोषणा गरेको हो ।

चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद एक लाख एक हजारसहित सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ ले सम्मानित गर्ने भएको हो । त्यसैगरी दार्जेलिङ भारतका अनिल फागोलाई ५१ हजारसहित सि.एम.कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९ र मोरङ पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रियसम्मान—२०७९ले सम्मान गर्ने निर्णय भएको सि.एम.कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको उपाध्यक्ष रबिन कन्दङ्वाले जानकारी दिनुभयो ।

झापा दमक १ स्थायी बसोबास भएका सम्मानित व्यक्ति गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ । ३२ भन्दा बढी सम्मान पाइसकेका छन् । संगीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत भर्नुभएको छ । सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ ।

गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा संवाददाताको रुपमा काम गरिस गर्नुभएका राई हाल रातोकलम डटकमका प्रधान सम्पादक हुनुहुन्छ । पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुरबाट एम.ए. गर्नु भएको राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आउनु भएको छ । चन्द्रमान कन्दङ्वा (सीएम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्बी नेपालको शिक्षाको अभियान्ता थिए ।

वि.स. १९८१ चैत्र २९ गते जन्मिएका कन्दङ्वाले २०४३ सालमा पथरीमा एभरेष्ट अंग्रेजी आवासीय माविको स्थापना गर्नुभएको थियो । २०६२ देहान्त भएपछि स्कृलले सि.एम.कन्दङ्वा स्मृति कोष स्थापना गरी साहित्य, कला, पत्रकारिता, भाषा, संस्कृति क्षेत्रको बिकास गर्ने उदेश्यले सम्मान गर्दै आएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपालराई को प्रमुख आतिथ्यतामा सम्मान वितरण हुने पत्रकार सम्मेलनमा समितिको अध्यक्ष डा. रामनारायण कन्दङ्वा र सचिव ओमप्रकाश पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ ।

पत्रकार सम्मेलनमा सीम कन्दङ्वा स्मृति कोषको सहसचिव ज्योति साँबा, सदस्य वेदनिधि खनाल रपार्वता भट्टराई, अर्जुन सिन्चुरी लगायतको उपस्थिति रहेको थियो । यस अघि सोही कोषबाट संगीत क्षेत्रका एलपी जोसी र साहित्य क्षेत्रका धनकुटे कान्छा सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes