किरात लिम्बू भाषाको स्थानिय पाठ्यक्रम सार्वजनिक - Pahilo Online

किरात लिम्बू भाषाको स्थानिय पाठ्यक्रम सार्वजनिक

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग– स्थानिय विवध भाषा-धर्म- संस्कृतिको उत्थान, प्रवर्द्धन र जगेर्ना गर्ने मुख्य उदेश्य सहित लेटाङ्ग नगरपालिकाले किरात लिम्बू भाषाको स्थानिय पाठ्यक्रम हालै सार्वजनिक गरेको छ ।
उक्त पाठ्यक्रमको नगर प्रमुख कुमार भुपेन्द्र लावती र नगर शिक्षा शाखा प्रमुख कृष्णराज राले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रम यहि चैत्र दुई गते विहिवार लेटाङ्ग सात वाराङ्गी स्थित वडा कार्लयमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको नगरप्रमुख लावती र स्थानीय वडा सदस्य आदिमान लिम्बूले संयुक्त रुपामा व्यानर पढेर शुभारम्भ गर्नुभएको थियो । व्यानर पढ्ने क्रममा नगर प्रमुखले नेपाली वाक्य पढ्नु भएको थियो भने आदिमान लिम्बूले श्रृजंघा लिपी पढ्नु भएको थियो ।
स्थानिय स्तरमा प्रचलित अन्य थुप्रै भाषा मध्ये लिम्बू भाषाको आधार सामाग्री तत्कालै प्राप्त भएकाले हाल उक्त भाषाको मात्रै पाठ्यक्रम सार्वजनिक गरिएको नगर शिक्षा शाखा प्रमुख राईले जनाउनु भएको छ । उहाँका अनुसार अन्य भाषाभाषीको पाठ्यक्रम पनि आधार सामाग्री पाए सम्म क्रमै सँग निर्माण गर्दै लगिने छ ।
उक्त पाठ्यक्रम हाल कक्षा एक देखि तिन सम्मको निर्माण गरिएको भए पनि आगामी दिनमा अन्य कक्षाको पनि क्रमश: निर्माण गर्दै लगिने पाठ्यक्रम निर्माण समिति संयोजक एवं लिम्बू भाषा विद विरेन्द्र कुमार लिम्बूले वताए । संयोजक लिम्बू का अनुसार हाल सम्म पाठ्यपुस्तक तयार भईनसकेकाले यस अघिनै पठनपाठन भैरहेको आनिपान नै पढाउने सम्झौता भए पनि पाठ्यक्रम अनसारको पाठ्यपुस्तक निर्माण छिट्टै गरिने छ ।
वाराङ्गीमा झण्डै ८० प्रतिशत लिम्बू जातीको वसोवास रहेकाले पनि यहिँबाट लिम्बू भाषाको पाठ्यक्रम अनुसारको पढाइको शुभारम्भ गर्न लागिएको नगर प्रमुख भुपेन्द्र लावतीले वताउनु भएको छ । यसकालागि स्थानिय महेन्द्र माध्यमिक विद्यालय छनौट भएको र उक्त विद्यालयमा यसै शैक्षिक सत्र देखि कक्षा एक बाट लिम्बू भाषाको पढाई शुरु गरिने नगर प्रमुख लावतीले वताउनु भएको छ । उक्त कार्यक्रमकै अवसरमा पाठ्यक्रमको एक प्रति महेन्द्र मा.वि. का प्रधानध्यापक फमकुमार मगरलाई हस्तान्तरण समेत गरिएको छ ।
नगर प्रमुख लावतीले भाषा पढाउने शिक्षकको तयारी सँगै आगामी दिनमा क्रमशः पढाईको कक्षा बढाउँदै लगिने छ । साथै नगरपालिकाले अन्य भाषाको समेत संरक्षण र संवर्धनका लागि कुनै कसर बाँकी नराख्ने समेत जनाउनु भएको छ । यसका लागि वडानम्बर नौ को वैजनाथ संस्कृत विद्या पिठलाई समेत नगरले केहि रकम विनियोजन गर्ने नगर प्रमुखले जनाउनु भयो ।
यसै क्रममा लेटाङ्ग नगर पालिकाले यसै आर्थिक वर्ष बाट छोरी शैक्षिक बचत कार्यक्रम लागु गरिसकेकाले सम्पुर्ण नगर भित्रका गत भाद्र यता जन्मिएका नवजात छोरी शिसुको आवस्यक कागजात सहित नगरपालिकाको कार्यलयमा सम्पर्क राख्न समेत नगर प्रमुख लावतीले जानकारी गराउनु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes