विविध कार्यक्रमका साथ टेण्डर वड्सको वार्षिकोत्सब - Pahilo Online

विविध कार्यक्रमका साथ टेण्डर वड्सको वार्षिकोत्सब

writer

डम्बरबहादुर विश्वकर्मा

जाँते । विविध कार्यक्रमका साथ टेण्डर वड्स ईङ्लिस स्कुल जाँतेले आफ्नो २७ अौं वार्षिकोत्सब भव्यरुपमा सम्पन्न गरेकोछ ।            लेटाङ्ग नौ जाँते स्थित मदन चौक पस्चिममा रहेको आफ्नै विद्यालय  प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको लेटाङ्ग नगर प्रमुख भुपेन्द्र लावतीले उद्घाटन गर्नुभएको थियो । नगर प्रमुख द्वारा उक्त विद्यालयलाई कक्षा नौं संलचालनार्थ नगरबाट प्राप्त अनुमति पत्र वाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । यस प्रकारको कार्यक्रम उद्घाटन प्रकृति आफ्नो जीवनकै नौलो अनुभव रहेको नगरप्रमुख लावतीले वताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक राज वान्तावाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुति गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै प्र.अ.वान्तावाले विगत तिन वर्षयता कोरोना कहरका कारण यतिका भव्यरुपमा वार्षिकोत्सब मनाउन नपाएको विद्यलयले यस पटक भने निकै भव्य र सव्यरुपमा कार्यक्रम सम्पन्न गर्न आफुहरु सफल भएको वताउनु भयो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्र.अ. वान्तावाले विद्यालय परिस भित्र पत्रु खाना प्रतिवन्ध लगाउनु , हाल सम्म संचालनमा रहेको वस संख्या बढाएर दुई वटा बनाउनु , तालिम प्राप्त शिक्षक संख्यामा वृद्धि हुनु साथै आगामी दिनमा कक्षा नौ र १० मा कप्युटर शिक्षामा पढाई गराउने अवस्थामा विद्यालय पुग्नुलाई विद्यालयको प्रगतिको रुपमा लिनु भएको छ । यसै गरी आगामी दिनमा प्राविधिक शिक्षामा जोड दिँदै हालको विद्यार्थी संख्या तिन सय बाट बढाएर लैजानेमा जोड दिने समेत वताउनु भएको छ ।

उक्त अवसरमा विद्यार्थी एवं शिक्षकशिक्षिकाहरु द्वारा विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य तथा गायन कला प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा  शैक्षिक सत्र २०७८ को शैक्षिक पुरस्कार एवं विभिन्न विधागत उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने विद्यार्थीहरुमा विद्यालय प्रथम, द्वितिय र तृतीय हुने छात्रछात्राहरु क्रमशःशर्मिला चेम्जोङ, शिला वजगाईं र आर्यन मंगराति रहेकाछन् । यसैगरी वर्ष उत्कृष्ट शिक्षकमा यशोदा दुलाल एवं  वर्ष अधिकतम उपस्थित शिक्षकमा ईस्का लिम्बू रहेकाछन् ।

वर्ष अधिकतम उपस्थित विद्यार्थी कक्षा तिनकी छात्रा शिला बजगाईं एवं वर्ष अनुशासित विद्यार्थीमा कक्षा तिनकै छात्रा हाङ्सामा लिम्बूलाई पनि उक्त अवसरमा पुरस्कृत गरिएको थियो । यसैगरी वर्ष उत्कृष्ट अविभावकमा निर्मला श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।  साथै उक्त विद्यालयका अविभावक मध्येमा सञ्चालित दुई खेलका विजयी अविभमवकलाई समेत उत्सवमा पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरु मध्ये म्युजिकल चियर तर्फमा विजयी रन्जु निरोला रहेकीछन् भने वस्तुको वजन अनुमान गर्ने अनुमानित खेल ( गेसिङ्ग गेम )  तर्फ देविभक्त ढकाल पुरस्कृत भएकाछन् ।

विद्यालय व्यास्थापक विनोद काफ्लेको सभापतित्वमा भएको वार्षिकोत्सब कार्यक्रममा लेटाङ्ग नगर प्रमुख भुपेन्द्र लावती प्रमुख अतिथि हुनुहुन्थ्यो । लेटाङ्ग प्याव्सनका अध्यक्ष कमल अधिकारी विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा लेटाङ्ग भित्रका सम्पुर्ण निजी विद्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपस्थित सम्पुर्णलाई विद्यालय शिक्षक सुमन पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा उपस्थित सम्पुर्ण अतिथिहरुलाई  विद्यालयको तर्फबाट मायाचिनो प्रदान गरिएको थियो ।

कार्यक्रम स्थलमा उक्त विद्यालयका कक्षा नौ मा अध्यनरत छात्रछात्राहरु द्वारा एक हप्ता समय लगाएर निर्माण गरिएको विद्यालयको दुरुस्तै नमुना भने निकै आकर्षकको रुपमा रहेको थियो  ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes