रेडस्टार माविको २ दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम - Pahilo Online

रेडस्टार माविको २ दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी । पथरीशनिश्चरेस्थित रेडस्टार माध्यमिक विद्यालयद्वारा आयोजित २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम -२०७९ सुरु भएको छ। बिहीबार पथरीशनिश्चरेकी उपप्रमुख देविमाया काफ्लेले उक्त कार्यक्रम गमलामा पानी लगाएर उद्घाटन गरेकी हुन्।

कार्यक्रममा आफ्ना नानीहरूको शिक्षा- दिक्षा सहित उज्ज्वल भविष्यको लागि समयानुकूल माया, प्रेस , स्नेह बाढ्दै समुचित अभिभावकत्व प्रदान गर्न समेत अभिभावकहरूलाई उत्प्रेरित गर्दै मनोविमर्श प्रशिक्षक किशोर श्रेष्ठले सहजीकरण गरेका थिए।

जेष्ठ अभिभावक बासुदेव गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिएन तिम्सिनाले अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए। उक्त अवसरमा वडा नं १ का वडाध्यक्ष भीम कुमार राईले पथरीशनिश्चरे-नगर क्षेत्रमा अभिभावक ज्युहरूको लागि अति व्यवस्थित रूपमा प्रेरणादायी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको रेडस्टार मावि परिवारप्रति खुशी लागेको बताए। सोहि अवसरमा वडा सदस्य चन्द्र कुमार राई तथा लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछना राईले समेत आफुलाई यस प्रकारको कार्यक्रम आयोजना गरिएकोमा प्रशंसा गरेका थिए।

कार्यक्रममा सहायक प्रधानाध्यापक वसन्त मादेन, आई. एस.ए, अवार्ड संयोजक समेत रहनुभएका राजु तिम्सिना, किरात एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, वडा नं ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा नं १० का कार्यवाहक वडाध्यक्ष मिना तामाङ , पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिप कुमार राई, पथरी शनिश्चरे स्काउटका रोशन बुढाथोकी, क्रमशः वडा नं २ का वडा सदस्य तथा अभिभावक चन्द्र कुमार राई तथा अम्बिका लिम्बु, लगायतको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes