प्याराडाइजको वार्षिकोत्सवमा विविध कार्यक्रम - Pahilo Online

प्याराडाइजको वार्षिकोत्सवमा विविध कार्यक्रम

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । सप्ताहव्यापी खेलकुद कार्यक्रम एवं फुड फेस्टिबल (खाद्यान्न दिवस) गरी वार्षिकोत्सव मनाएको हो ।
पाक शिक्षा अन्तरगत फुड फेस्टिवलमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।
स्कुलले शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । त्यस्तै विद्यालय प्रथम हुने छात्रछात्रालाई पुरस्कार र प्रसंसापत्र प्रदान गरिएको थियो ।

वार्षिक खेलकुद कार्यक्रममा आधा दर्जनबढी खेल समावेश भएका थिए । जसमा १ सय ५० विद्यार्थी पुरस्कृत भएका थिए । खेलकुदमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका कुल ५ सय विद्यार्थीहरु मध्ये ३ सय ५० को सहभागिता भएको थियो ।
वार्षिक खेलकुदका लागि मेडल तथा प्रमाण पत्र, ट्रफी, शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।


अभिभावकबीच भएको खेलमा म्युजिकल चेयर र हाँडी फुटाई रहेका थिए । पुरस्कृत सबैलाई कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि र विद्यालयका निर्देशकले प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाच प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
स्कुलका निर्देशक सुरेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई रहेका थिए ।
सो अवसरमा विभिन्न विद्यालयका प्रतिनिधि, समाजसेवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ९ स्थित शनिश्चरेमा वि.सं. २०६० सालमा यस क्षेत्रका बालबालिकाहरुलाई असल, गुणस्तरीय शिक्षा दिने उद्देश्यले समाजसेवी छविन्द्रमान सिंह कार्कीले प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलको विजारोपण गरेका हुन् । हाल विद्यालयको प्रशासन एक कर्मठ, ईमान्दार, परिश्रमी, समाजसेवी युवा सुरेन्द्र लिम्बुको नेतृत्वमा संचालन भएको हो ।
विभिन्न उतार चढाव, अप्ठ्यारा परिस्थितिका बावजुध प्याराडाइजले विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्दै आइरहेको छ । यो विद्यालय साविक शनिश्चरे गाविसकै पहिलो स्वीकृत प्राप्त अंग्रेजी माध्यमको विद्यालय हो ।


यस विद्यालयबाट अध्ययन पूरा गरी उच्च शिक्षा अध्ययनको शिलशिलामा विभिन्न स्थान, राष्ट्रमा जाने विद्यार्थीहरुले पनि अग्रणी नतिजा कायम राख्न सफल भएको स्कुलका प्रिन्सिपल होमनाथ घिमिरे बताउँछन् । प्रिन्सिपल घिमिरेका अनुसार ५० जनाको हाराहारीमा विद्यार्थीहरु अन्तराष्ट्रिय कलेजमा अध्ययनरत छन् । ८० को हाराहारीमा नर्स, स्टाफ नर्स र डाक्टर समेत भएका छन् । दर्जनबढी विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी भइसकेका छन् ।


‘आम सर्वसाधारणमा के सोचाई हुन्छ भने बोर्डिङ स्कुल भनेको त उच्च, सम्पन्न व्यक्तिहरुका छोराछोरीले मात्र पढ्न पाउने स्कुल हो’– कार्यक्रममा बोल्दै प्रिन्सिपल घिमिरेले भने ‘तर, हामी त्यस भनाई वा विचार प्रति असमर्थ जनाउँदछौं । आजको आवश्यकता भनेको समान शिक्षा हो र यो त बालबालिकाको नैसर्गिक अधिकार हो ।’ विद्यालयले गरीव, जेहेन्दार, असहाय, पिछडिएका, दलित समुदायका विद्यार्थीहरुलाई प्रत्येक वर्ष २५ देखि ३० जनासम्मलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes