‘जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण’ - Pahilo Online

‘जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण’

writer

पहिलो अनलाइन

पथरी । आरके खम्बु राष्ट्रिय अध्यक्ष रहेको खम्बुवान राष्ट्रिय पार्टीले बिहिवार मोरङको पथरीशनिश्चरे २ स्थित होटल साल्पामा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १ सरकारले जनताले माग्दै नमागेको नाम राखेर पहिचानवादीहरुको अपमान गरेको बताएको छ ।

प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका महासचिव रणेन्द्र थिम्राहाङ र उपाध्यक्ष दिलाराम राईले एकात्मकवादी सोचले प्रदेश १ को नामाकरण कोसी राखिएको भन्दै शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । प्रदेशको नाम कोसी राखिदेउ कसैले भनेको थिएन ।पहिचानवादीले किरात प्रदेश वा लिम्बूवान राख्न पटकपटक आग्रह गरेका थिए । तर, सरकारले पहिचानवादीका कुरा सुनेन । विज्ञप्तिमा भनिएको छ– ” खम्बुवान भुगोललाई छलछामपुर्ण तरिकाले अंकगणितको जालसाजी पुर्ण तरिकाले प्रदेशको नामाकरण गर्दा प्रदेशका आम आदिवासी जनजातिका अधिकार कटौति हुनेगरि प्रदेशको नाम राख्ने कार्यको हामी घोर बिरोध गर्दछौं ।

विज्ञप्तिमा तामाङसालिङ, नेवा, मगरात, तमुवान, लिम्वुवान खम्बुवान सबैले आन्दोलनको आँधीबेहरी ल्याउने उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes