आईटिएफ तेक्वाण्डोको ५२ जना खेलाडीको ग्रेडिङ सम्पन्न - Pahilo Online

आईटिएफ तेक्वाण्डोको ५२ जना खेलाडीको ग्रेडिङ सम्पन्न

writer

सनम रोक्का

कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गको ५२ जना खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । जनसेवा माविको प्राङ्गणमा सम्पन्न ग्रेडिङ्गको सञ्चालन प्रशिक्षकद्वय नवीन तामाङ र चतुरलाल चौधरीले गरेका थिए ।

खेलाडिहरु शारीरिक र मौखिक परीक्षामा सामेल भएपश्चात प्रशिक्षकहरुद्वारा ग्रेडिङ्ग गरेका थिए । ५२ जना सहभागी खेलाडिहरुको कलर ग्रेडिङ्ग गरिएको थियो । सो मध्येबाट १ जना वाइट बेल्टमा, ३ जना एल्लोमा, २२ जना स्टेप ग्रीनमा, ६ जना ग्रीनमा, ७ जना स्टेप बिल्युमा, ६ जना बिल्युमा र ७ जना स्टेप रेड बेल्टमा ग्रेडिङ्ग भएको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्का अध्यक्ष युवराज भुजेल जानकारी दिए ।

आत्मरक्षा र अनुशासनको लागि खेलिने यस खेलप्रती पछिल्लो समय चासो बढ्दै गएको अध्यक्ष भुजेलले बताए । उनले भने, ’देशमा खेलकुदप्रति आफ्नो भविष्य देखेर यसैमा लाग्ने युवाहरुलाई देशले चिन्न सक्नुपर्छ ।

हाल खेलकुदमा लागेका धेरै खेलाडीहरुमा नैरासयत छाएको छ यसबारे देशले ध्यान दिन अत्यन्त जरुरी छ’ । सो अवसरमा बोल्दै प्रशिक्षक चतुरलाल चौधरीले तेक्वाण्डो खेलले बालबालिकाको शारीरिक र मानसिक क्षमतालाई स्फुर्त राख्ने र खेलसँगै पढाईलाई पनि सगँसगै लग्न सुझाव दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes