सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जनालाई छात्रवृत्ति वितरण - Pahilo Online

सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जनालाई छात्रवृत्ति वितरण

writer

दिनेश सुब्बा लिम्बु

कानेपोखरी । मोरङको कानेपोखरी–५, जहदामा स्थापित सिंहदेवी माविको बार्षिक उत्सवमा १९५ जना छात्राछात्रलाई छात्रवृत्ति प्रदान गरिएको छ । सिंहदेवी माविमा विभिन्न समयमा स्थानीयहरुले २० वटा अक्षयकोषको स्थापन गरेका थिए । सो अक्षयकोषबाट विद्यालयले छात्रवृत्ति अन्तरगत १ हजार र ५ सयको दरले नगद रुपैया आज प्रदान गरेको हो ।

त्यसैगरी पूर्व शिक्षक, बर्ष शिक्षकलाई पनि सम्मान गरिएको छ । पूर्व शिक्षक ज्ञानेन्द्र कार्की, चक्रबहादुर थापा र रुसा राई, त्यस्तै बर्ष शिक्षकमा नविना डाँगी, विदा कम लिने शिक्षक दौलत रिजाल, विनोद कुमार पासवान, जीवन राई, उमा राना मगर, प्रेमकुमार यादव, दिलकुमारी राई, डम्बरकुमारी गुरुङ र सरिता कार्कीलाई सम्मान गरेको थियो । उनिहरु सम्मान पत्र, रकम र डायरीले सम्मानित भएका थिए । त्यसैगरी सिंहदेवी बाल क्लबका २३ जना सदस्यहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

त्यसैगरी प्राङ्गण व्यवस्थापन, साईकल व्यवस्थापन, बढी विद्यालय उपस्थित हुने, अनुसाशित छात्राछात्र, पूर्व एसेम्ली क्याप्नेट र एसेम्ली व्यवस्थापन गर्ने छात्राछात्रलाई सम्मान गरिएको थियो । विद्यालयले गत बर्ष ५० औं बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाएका थिए । सोही अवसरमा ‘स्वर्ण महोत्सव स्मारिका–२०७८’ प्रकाशन गरिएको थियो । सो स्मारिका आज लोकार्पण गरिएको हो । स्मारिकाको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारीले लोकार्पण गरेका थिए । स्मारिकामा भएको सामाग्रीको चर्चा स्मारिका सम्पादन समितिका संयोजक दौलत रिजालले गरेका गरेका थिए ।

त्यसैगरी सोही अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने चन्दा दाताहरुको नामवली रहेको शिलालेख पनि अनावरण गरिएको थियो । त्यसैगरी शैक्षिक सत्र २०७८ सालमा कक्षा नर्सरी देखी ९ सम्म प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । नर्सरीमा प्रथम एलिना राई, द्धितीय शिव दर्जी र जेनिशा दर्जी तृतीय र कक्षा केजीमा प्रथम सुप्रिया राई, द्धितीय सुप्रिम राई र प्रदिप तामाङ तृतीय हुनेलाई पुरस्कृत गरिएको हो । त्यस्तै कक्षा १ मा रविन शेर्पा प्रथम, द्धितीय मनिस राई र तृतीय प्रसान्त तामाङ र कक्षा २ मा प्रथम ममता भट्टराई, द्धितीय पुष्प जोगी र तृतीय एलिसा भट्टराईलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले ५ वटा सामूहिक नृत्य गरी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि उपाध्यक्ष भोलाप्रसाद अधिकारी, अतिथि पालिका शिक्षा शाखा प्रमुख वेग बहादुर काफ्लेले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य तुलसा खड्काले गरेका थिए । विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विवरण विद्यालयका प्रधानाध्यपक धर्मराज थापाले प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजकुमार राई सभाअध्यक्षमा सम्पन्न भएको थियो ।

सिंहदेवी माविमा २० वटा अक्षयकोषको स्थापना सिंहदेवी माविको स्वर्ण महोत्सव २०७८ मा जहदावासीहरुले ९ लाख ८८ हजार २ सय ५५ रुपैयाको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा गरिव, दलित, जेहेन्दार छात्रछात्राहरुको लागि प्रदान गर्न स्वार्गीय आफ्न्तको नाममा २० वटा अक्षयकोष स्थापन गरेको हो ।

गंगाबहादुर स्मृती अक्षयकोष ६० हजार, दिलकुमरी राई स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, चन्द्रबहादुर तामाङ स्मृती अक्षयकोष ६५ हजार २७ रुपैया, भक्तबहादुर खवास स्मृती अक्षयकोष ७० हजार ६ सय ५, अनिलकुमार श्रेष्ठ स्मृती अक्षयकोष ५१ हजार, शुक्रमाया राई स्मृती अक्षयकोष २ लाख २ हजार २ सय २२ रुपैया, तसमाया राई स्मृती अक्षयकोष १ लाख १ हजार १ सय १ रुपैया, सग्रजित राई स्मृती अक्षयकोष १ लाख ११ हजार २ सय २२ रुपैया, जयसिंह राई स्मृती अक्षयकोष १ लाख १२ हजार ५१ रुपैया र कानेपोखरी बि. एण्ड बि. अक्षयकोष १ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन ।

त्यसैगरी जनजागृती अक्षयकोष ५१ हजार, छलिमाया निरौला स्मृति अक्षयकोष ५० हजार, सुवास गुरुङ स्मृती अक्षयकोष ५० हजार, महालक्ष्मी राई स्मृती ५० हजार, इन्द्रकुमारी लिङ्थेप स्मृती अक्षयकोष ४० हजार, निर्मल सुब्बा स्मृती ४० हजार, कुलबहादुर याक्खा स्मृती अक्षयकोष २५ हजार, दिवश जिमी स्मृती अक्षयकोष १ लाख २ हजार, दिलहर्क थापा स्मृती अक्षयकोष १ लाख ११ हजार १ सय ११ रुपैया र सुनकेशर श्रेष्ठ स्मृती ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes