लेटाङ्गमा जनयुद्ध दिवस मनाईयो - Pahilo Online

लेटाङ्गमा जनयुद्ध दिवस मनाईयो

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग  महान जनयुद्धका वीर सहिदहरुको सम्झना गर्दै २८अौं जनयुद्ध दिवस मोरङको लेटाङ्गमा एक समारोहका बिच मनाईएको छ ।
दिवस नेकपा माओवादी केन्द्र लेटाङ्ग नगर कमिटी र अखिल नेपाल क्रान्तिकारी महिला संघ लेटाङ्गको संयुक्त आयोजनामा मनाईएको हो ।
नेकपा माओवादी नगर पार्टीकार्यलय लेटाङ्गको सभाहलमा आयोजित समारोहमा जनयुद्धको २८ वर्षको संझनाको प्रतिक स्वरुप २८ वटै मेैन बत्ती प्रज्वलन गरीएको थयो । मैन बत्ती पार्टीका नगर अध्यक्ष क. विनोद नेपाल र अनेम संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष क. लताले संयुक्तरूपमा प्रज्वलन गर्नुभएको थियो । समारोहमा नगर पार्टी ईन्चार्ज क. कृष्ण लम्साल , नगर अध्यक्ष क. विनोद नेपाल र समारोहकी प्रमुख अतिथी क.लताले जनयुद्ध र महान वीर सहिदहरुको बारे एवं उपलब्धिका बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । समहरोह अनेम संघ लेटाङ्गकी अध्यक्ष शान्ता राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समारोहको समापन पश्चात् लेटाङ्ग बजार उत्तर पुर्वी कोणमा रहृको टुक्रे राष्ट्रिय वन परिसरमा “सहिद स्मृति प्रतिष्ठान”को भवन निर्माण स्थलमा व्यानर स्थापना समेत गरिएको छ । व्यानर टुक्रे वनको क्षेत्रफल मध्ये सेना व्यारेक उत्तरमा रहेको सडक उत्तर ,किराँत धार्मिक स्थल पश्चिम र फन पार्क हुँदै शिक्षा विकास मा.वि. जाने सडक पुर्वको क्षेत्रको वन क्षेत्रमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा हाल सम्म लेटाङ्गमा अवस्थित विभिन्न धार्मिक लगायत अन्य थुप्रै संघ संस्थाको नाममा मात्र जग्गा रहेको तर देशका लागि वलिदान दिने वीर सहिदहरुको स्मृतिमा निर्माण हुने भवनको निर्माण स्थल नरहेकाले पनि हामीले आज त्यस्का लागि व्यानर राखी जग्गा सुरक्षित गरेको नेकपा माओवादी केन्द्र लेटाङ्गका नगर ईन्चार्ज क. कृष्ण लम्साल अनन्तले वताएमा छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes