लेटाङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन - Pahilo Online

लेटाङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग ।  उत्तरी मोरङ्गको लेटाङ्ग स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयमा संचालित १३ अौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९  को समापन कार्यक्रम सम्पन्न गरिएको छ ।         यही माघ २७ बाट शुरु भएको उक्त प्रतियोगिताको आज २९ गते समापन गरिएको हो । तिन दिन सम्म संचालित प्रतियोगितामा  एथलेटिक्स र दौड गरी खेलका दुई विधाका १० वटा ईभेन्टमा खेल भएको थियो । जसमा ज्याव्लिङ्ग थ्रो , सटपुट , भलिबल साथै  १५ सय र तिन हजार मिटर दौड रहेका थिए । संचालित सम्पुर्ण खेलहरुमा छात्र-छात्राको  अलग-अलग प्रतिस्पर्धा गराईएको थियो ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद ” मुल नाराका साथ संचालित उक्त प्रतियोगितामा नगर भित्रका ११ सामुदायिक तथा  नौ संस्थागत गरी २० वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।   कार्यक्रममा प्रतियोगितामा सहभागी भएर उत्कृष्ठता हासिल गर्ने सम्पुर्ण खेलाडि तथा सहभागी विद्यालहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागि विद्यालयहरुलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट छात्रछात्राहरुलाई प्रमाणपत्र , ट्रफी र मेडल प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा तिनहजार मिटर दौड छात्र तर्फ पब्लिक सेन्टरल मा.वि. का मनोज राई प्रथम र जाँते मा. वि. जाँतेका राजु द्वितीय , छात्रातर्फ ग्रिनभ्याली एकेडेमीकी यानी लिम्बू प्रथम र जाँते मा. वि। की तुलसा बस्नेत द्वितीय रहेकाछन् । यसै गरी १५ सय मिटर दौडमा पुरस्कृतहुनेहरु छात्र तर्फ पब्लिक सेन्टरल मा.वि. का मनोज राई प्रथम र लिटिल फ्लावर्स मा.वि. का दिवश कार्की द्वितिय रहेका छन् भने छात्रा तर्फ ग्रिन भ्याली एकेडेमीकी यानी लिम्बू प्रथम र जाँते मा. वि. जाँतेकी तुलसा बस्नेत द्वितीय भएकी छन् ।

यसैगरी ज्यावलिङ थ्रो खेलमा सहभागीहरु मध्ये उत्कृष्ट भएर पुरस्कृतहुनेहरुमा छात्रातर्फ  शान्ति भगवती मा.वि. की एलिना लिम्बू प्रथम र शिक्षा विकास मा. वि.की सलिना लिम्बू  द्वितीय  भएका छन् ।  यसरी नै  छात्र तर्फमा  ग्रिन भ्याली एकेडेमीका स्माइल राई प्रथम र नोबेल एजुकेशन मा.वि. का महेश राई द्वितिय रहेका छन् ।       सटपुट तर्फ उत्कृष्ट हुने छात्राहरुमा शान्ति भगवती की एलिना लिम्बू प्रथम भएकी छन् भने शिक्षा विकास  मा.वि. की सेजिना लिम्बू द्वितीय भएकी छन् । यसैगरी सटपुटमा उत्कृष्ट  हुने छात्र तर्फ  शान्ति भगवतीका वेद सुनाम प्रथम र लक्ष्मी मा.वि.का सुवास दर्जी द्वितीय भएकाछन् ।

यसैगरी छात्रा भलिवलमा शान्ति  भगवती प्रथम भएको छ भने ग्यालेक्सी एकेडेमीले द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । छात्र भलिवलमा भने प्रथम स्थान प्राप्त गर्न सफल भएको विद्यालय शान्ति भगवती मा.वि.को खेलमा नाम समाबेश भएका भन्दा फरक खेलाडीले खेलमा समावेश भएको भन्ने विधानत: प्रमाणित भएकोले विधान बमोजिम हुने गरी भोगटेनी मा. वि. लाई आयोजकले प्रथम घोषणा गरेको थियो । स्थानिय स्तरमा प्रत्येक खेलमा उत्कृष्टता प्राप्त गर्ने मध्ये प्रथम र द्वितीयलाई पुरस्कृत गरिए पनि जिल्ला स्तरिय रनिङशिल्ड प्रतियोगितामा भने प्रथम हुनेले मात्र सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार जिल्ला स्तरिय खेल यहि आगामी  फाल्गुन महिनाको अन्तिम साता सम्ममा भईसक्ने छ ।

यो प्रतियोगिताको आयोजक नगरपालिका स्वयं रहेको थियो भने व्यवस्थापन शान्ति भगवती माध्यमिक विद्यालयले गरेको थियो । खेलको उद्घाटन शान्ति भगवती मा. वि.को प्राङ्गणमा गरिए पनि समापन कार्यक्रम  भने  लेटाङ भलिबल संघको खेल मैदानमा सम्पन्न गरिएको थियो ।

यस प्रतियोगितामा संचालित खेल मध्ये चार वटा स्वर्ण पदक जीत्दै शान्ति भगवती मा. वि. उत्कृष्ट  विद्यालय भए पनि विवादका कारण घोषणा गर्न नमिले बाट यस पटकको रनिङ शिल्ड भने आयोजक स्वयंले नै राख्नु परेको नगर प्रमुख भुपेन्द्र लावतीले बताउनुभएको छ ।        कार्यक्रममा खेल निर्णायक , सहनिर्णायक , स्वास्थ्यकर्मी साथै स्वयंसेवकहरुलाई समेत प्रमाणपत्र द्वारा सम्मखन गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes