‘अध्यापनसंगै अतिरिक्त क्रियाकलापमा अब्बल रेडस्टार’ - Pahilo Online

‘अध्यापनसंगै अतिरिक्त क्रियाकलापमा अब्बल रेडस्टार’

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्यापनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ ।
आज शनिबार विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख तुम्वापोले सो कुरा बताउनुभएको हो ।

वार्षिकोत्स्वको अवसरमा विद्यालयले विभिन्न व्यक्तिलाई सम्मान, पुरस्कार वितरणको साथै साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको रेडस्टारले विद्यालयको पूर्ब सञ्चालक, शिक्षक, कर्मचारी लगायतलाई सम्मान, गएको परीक्षामा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरणको साथै शिक्षक र विद्यार्थीहरुले नाटक, गीत, नृत्य लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

विद्यालयको प्रवन्ध निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख तुम्बापोको हातबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा वि.सं. २०५२ सालमा लोटस बोर्डिङ स्कुल स्थापना गरेका अशोक साम्पाङ राईलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । पूर्ब सञ्चालक राईसँगै भुवानेश्वर पोखरेल, दिपेन्द्र बस्नेत, दिपा मगरलाई पनि विद्यालयले सम्मान गरेको छ ।

यस वर्षको उत्कृष्ट शिक्षकको रुपमा दिलसरी राई र कर्मचारी गोबिन्दप्रसाद लुइटेल सम्मानित हुनुभएको छ । कार्यक्रममा शैक्षिक शत्र –२०७८ मा कक्षागत प्रथम, दृतिय र तृतीय श्रेणीमा उत्तीर्ण भएका छात्र छात्राहरुलाई ट्रफी,मेडल सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पथरीशनिश्चरे नगरको शिक्षा विभाग अधिकृत नवीन खुलाल, वडा नं. ८ नं. वडा अध्यक्ष तथा नगरका प्रवक्ता नवीन कार्की, प्याब्सनको पूर्ब नगर अध्यक्ष उपेन्द्र कंडेल लगायतको उपस्थिति रहेको थियो ।


जीवन बरालद्वारा लिखित तथा निर्देशित नाटक ‘श्रवणकुमार’ र कचहरी नाटक ‘ईच्छा’ प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुबाट साकेला, धिमाल र कौडा नृत्य प्रस्तुत गरेर उपस्थित अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु असुतोष ढुंगाना, प्रियंका गुरुङ, एलिसा राई, अजय लिम्बू, संकल्प मिश्र लगायतबाट कविता वाचन भएको थियो । वार्षिकोत्सव कार्यक्रम भोलि आइतबारसम्म सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes