राष्ट्रपति रनिङशिल्ड नगर स्तरिय प्रतियोगिता २०७९ को उद्घाटन - Pahilo Online

राष्ट्रपति रनिङशिल्ड नगर स्तरिय प्रतियोगिता २०७९ को उद्घाटन

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग ।  मोरङ्गको लेटाङ्ग चार स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद ” मुख्य नाराका साथ राष्ट्रपति रनिङशिल्ड नगर स्तरीय खेलकुद प्रतियोगिता २०७९ को आज  एक भव्य समारोहबीच उद्घाटन भएको छ ।

माघ २७ देखि शुरु भई तिन दिन सम्म सन्चालन हुने उक्त प्रतियोगिताको नगर प्रमुख भुपेन्द्र लावती र जिल्ला खेलकुद समिति सदस्य कुन्ती गुरुङ्गले सम्बन्धित खेल संयोजकलाई खेल सामाग्री हस्तान्तरण गरी संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको यही माघ २९  गते आइतबार समापन हुने शान्ति भगवती मा.वि.का प्र.अ. श्रीप्रसाद ढकालले जनाउनु भएको छ ।

लेटाङ्ग नगरपालिकाको आयोजना र शान्ति भगवती मा.वि.को व्यावस्थापनमा संचाललित उक्त प्रतियोगितामा १० वटा ईभेन्टका खेल संचालन हुने जनाईएको छ ।           प्रतियोगितामा छात्र-छात्रा दुवैले भाग लिन पाउने गरी ज्याव्लिङ्ग थ्रो , सट्पुट , भलिबल साथै १५ सय मिटर  र तिन हजार मिटर सम्मको दौड खेल संचालन हुनेछ । उक्त रनिङ्गशिल्ड प्रतियोगितामा नगर भित्रका ११ सामुदायिक तथा नौ  संथागत गरी जम्मा २० वटा विद्यालयले भागलिएका छन् ।

प्रतियोगितामा विजयीहुने खेलाडीहरुले कप,ट्रफी , प्रमाण-पत्र  साथै मेडल प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा संचालित ईभेन्ट मध्ये उत्कृष्टता हासिल गर्ने विद्यालयले भने रनिङ्ग शिल्ड प्राप्त गर्नेछ । उक्त शिल्ड आफ्नो बनाउन विद्यालयले लगातार तिन वर्ष उत्कृष्टता हासिल गर्नु पर्ने हुन्छ । तर विद्यालयको आफ्नो नबने सम्म भने शिल्ड हरेक वर्ष आयोजना  हुने प्रतियोगिता उद्घाटन समारोहको अवसरमा आयोजकलाई हस्तान्तरण गर्नु पर्ने हुन्छ । यसैक्रममा गत वर्ष लक्ष्मि मा.वि. लेटाङ्ग दुई ले उत्कृष्टता हासिल गरी आफुले प्राप्त गरेको शिल्ड आजै शानदार प्रस्तुतिका साथ आयोजकलाई हस्तान्तरण गरेको छ ।

उद्घाटन समारोहमा शान्ति भगवती मा.वि.का विद्यार्थीहरुले आकर्षक  मार्च पास गर्नुका साथै विभिन्न मनोरम दृष्यका साथ ड्रिल समेत प्रस्तुत गरेका थिए । साथै समारोहमा संस्थागत विद्यालयका तर्फबाट मिनरुवा अंगेजी स्कुलले समेत निकै रोमान्चक ड्रिल  प्रदर्शन गरेको थियो ।           

समारोहमा निकै आकर्षण दिन शान्ति भगवती मा.वि.का कक्षा ११ / १२ मा विज्ञान संकायमा अध्यायनरत छात्र-छात्रा द्वारा निर्मित  सामाग्री राखिएको मिनि प्रदर्शनी स्टलहरु सफल भएको थियो ।

उक्त स्टलहरु प्रतियोगितामा भागलिन आउने सम्पुर्ण विद्यालय एवं विद्यार्थीहरुको आकर्षणको केन्द्रनै बनेको सहभागी मध्येका एक शिक्षक राज बहादुर लिम्बूले  वताए । उद्घाटन समारोहमा स्थानिय वडाध्यक्ष रामकुमार श्रेष्ठ , जिल्ला खेलकुद समिति सदस्य कुन्ति गरुङ्ग र नगरप्रमुख भुपेन्द्र लावतीले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes